IIMS College

ISMT

HUB Education

पाँचथरमा छपन्न हजारले लिए राष्ट्रिय परिचयपत्र

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

फिदिम । पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार नौसय १५  पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि  विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो । 

 

हालसम्मम ५५ हजार नौसय १५ ले उक्त परिचयपत्र लिइसकेका र  करीब १९ हजार परिचयपत्र छपाइ भइसकेको जनाइएको छ । एक लाख १० हजार जिल्लावासी नेपाली नागरिकलाई उक्त परिचयपत्र वितरण गर्ने उद्देश्यका साथ अभियान शुरु गरिएकामा ८५ हजार पाँच सय दुई जनाको विवरण सङ्कलन भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको जिल्लास्थित कार्यालयले जनाएको छ ।

 

अघिल्लो बर्षको असार ५ गतेबाट शुरु भएको विवरण सङ्कलनको कार्य जिल्लाका ६० वटै वडाका विभिन्न टोलसम्म पुगेको थियो । प्रत्येक नागरिकले बढीमा दुई घण्टा पैदलयात्रा गर्दा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने स्थलसम्म पुग्न सकिने व्यवस्था गरिएको थियो । विवरण दर्ता गर्ने प्राविधिक, प्रमाणिकरण अधिकृत, कार्यालय सहयोगी, सुरक्षाकर्मी लगायतको टोली प्रत्येक शिविरमा दुईदेखि चार दिनसम्म बसेर विवरण सङ्कलन गर्दै आएका थिए  ।

 

शिविरबाट विवरण सङ्कलन भएपश्चात गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले फिदिम–४ की १०२ वर्षीया वयोवृद्धा भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै वितरण आरम्भ गरिएको थियो । यसपछि राष्ट्रिय परिचयपत्र वितरण गर्ने टोली विवरण सङ्कलनकै शैलीमा शिविर सञ्चालन गर्दै ६० वटै वडामा पुगेको थियो । 

 

वैशाखको पहिलो साताबाट विवरण सङ्कलन शिविरसमेत समाप्त भएको छ । अहिले नागरिकताको प्रमाणपत्रसहित उक्त परिचयपत्र लिन आउनेले जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्रको कार्यालयमा विवरण दर्ता गराउने गरेका छन् ।


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 17 minutes ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 29 minutes ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 47 minutes ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।