हराउँदै धानका स्थानीय बीउ

  • आइतबार, २७ जेष्ठ, २०७५
  • 5 months ago
  • अर्थ

ललितपुर । तीन दशक पहिलेसम्म चितवान जिल्लामा ३१२ जातका धान किसानले रोप्थे । 

 

अहिले तीमध्ये अनदी जात बाहेक अधिकांश धानका जात हराइसकेका छन् । स्थानीय जात नै लगाउँछु भनेर किसानले खोज्दासमेत पाउने अवस्था छैन । 

 

चितवानमा मात्रै होइन देशका अधिकांश क्षेत्रमा उन्नत र हाइब्रिड जातको धानको बीउको प्रयोग बढ्दै जाँदा स्थानीय जात हराउँदै हो । 

 

तराईदेखि पहाडका ग्रामीण भेगसम्म किसानमा उन्नत र हाइब्रिड धानको बीउको प्रयोग बढ्दै गएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । 

 

स्थानीय जात हराएरै जानु राम्रो नभएको नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउँछन् । पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । अहिले देशभर नै जलवायु परिवर्तनको असर धानबालीमा परेको छ । 

 

 

स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने थियो । उनी भन्छन्, “तर अहिले अधिकांश ठाउँमा स्थानीय जात लोप नै भइसके ।” 

 

महाशाखा अहिले जलवायु परिवर्तनसँग जुध्न सक्ने बीउको विकास गर्नका लागि अध्ययन÷अनुसन्धानमा लागिरहेको छ । रोगसँग लड्न सक्ने स्थानीय जातको बिउ ल्याएर उन्नत जातका रुपमा विकास गर्न सकिने प्राविधिक पराजुली बताउनुहुन्छ । 

 

 

नेपालमा एउटै जिल्लाको पनि सानो ठाउँमा फरक–फरकखालको हावापानी छ । ती ठाउँपिच्छे पुस्तौँदेखि फरक–फरक जातका धान लगाइँदै आएको थियो । तीमध्ये कुनैमा सुक्खा सहन सक्ने, कुनैमा अगौटे, कुनैमा रोगसँग लड्नेलगायतका गुण छन् । 

 

उनी भन्छन्, “स्थानीय जातमा भएको राम्रो गुण ल्याएर उन्नत जातमा विकास गर्न सकिन्छ ।” अहिलेमात्रै नभएर भविष्यमा समेत ठूलो रोगको प्रकोप आउँदा स्थानीय जात उपयोगी हुन सक्थ्यो । 

 

स्थानीय जातका तुलनामा उन्नत र हाइब्रिडले बढी उत्पादन दिने भएकाले त्यसको प्रयोग बढेको प्राविधिक पराजुली बताउँछन् । 

 

नार्कले रोगसँग लड्ने क्षमता बढी भएको बीउ अनुसन्धान र विकास गरेर किसानलाई सिफारिस गरिरहेको छ । धानमा सबैभन्दा बढी मरुवा (ब्राल्ट) रोगले आक्रमण गर्छ । उनी भन्छन्, “हामीले यो रोगसँग लड्ने जातको विकास गर्न अध्ययन गरिरहेका छौँ ।” 

 

उन्नत वा हाइब्रिडमा अरुखालका गुणभन्दा पनि किसानले कुनले बढी उत्पादन दिन्छ त्यही छनोट गर्दै आएका छन् । हाइब्रिडले उत्पादन बढी दिने भन्दै किसान महँगो तिरेर पनि हाइब्रिड जातका बीउ रोप्छन् । 

 

तराईमा एक÷दुईवटा जातका बीउ विकास भए पनि पहाडका लागि हाइब्रिड धानको बीउ सिफारिस भएको छैन । अरु देशकोे हावापानी अनुकूलका बीउ यहाँको हावापानी र माटोमा अनुकूल नहुँदा कुनै वर्षमा उत्पादन नदिँदा किसान हैरान छन् । 

 

प्राविधिक पराजुली भन्छन्, “किसानले पनि एग्रोभेटका कुराका पछिमात्रै लाग्नुभन्दा राम्ररी बुझेरमात्रै किनेर लगाउनुपर्छ ।” एक वर्ष राम्रो भएको बीउसमेत अर्को वर्षमा नराम्रो हुन सक्छ । 

 

नार्कले आयात गरेका बीउमात्रै नभएर स्थानीय जातबाट नै उन्नत जातको विकास गर्न सकिने भन्दै धेरै जातका धानलाई निरन्तरता दिँदै आएको छ । 

 

 

यहाँ भइरहेका जातबाट पहाडी क्षेत्रको मौसमलाई सुहाउँदो र उत्पादन बढी दिने बीउ अनुसन्धान भइरहेको छ । 

 

अनुसन्धानमा सफल नतिजा दिएका बीउ नै नार्कले पहिले किसानको खेतमा पनि परीक्षण गरेर सिफारिस गर्छ । 

 

धान नेपालको मुख्य बाली हो । नेपालीले सबैभन्दा बढी खाने अन्न पनि चामल हो । त्यसैले पनि धान रोप्ने महिनालाई किसानले उत्सवका रुपमा ठान्छन् । 

 

 

असारको १५ मा हिलो छ्यापेर मनाउने र दही चिउरा खाने चलन छ । साउन १५ गते चिसो जाओस् भन्दै खीर खाने चलन छ । 

 

 

नेपाली समाजमा धानखेती जीवनशैली र संस्कृतिसँग जोडिएको छ । नेपालको तराईदेखि पहाडी क्षेत्रसम्म धान लगाइँदै आएको छ । 

 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 1 hour ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 2 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 9 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।