IIMS College

ISMT

HUB Education

गुठी विधेयक राम्राे बनाउन छलफल गर्न सकिन्छ : मन्त्री अर्याल

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी छन्र । 

 

राष्ट्रिय सभाको आजको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको  जवाफ दिँदै मन्त्री अर्यालले भनिन्, ‘गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ ।’  

 

मन्त्री अर्यालले गुठीबारे एकरुपता ल्याउनका लागि प्राधिकरणको विषय विधेयकमा ल्याइएको बताउँदै गुठीलाई अलिक वैज्ञानिक हिसाबले अगाडि बढाउन खोजिएको प्रष्ट पारिन् । निजी गुठीलाई सार्वजनिक बनाउन सकिने तर सार्वजनिक गुठीलाई बनाउनै सकिँदैन भन्दै उनले गुठी विधेयकबारे आशङ्का नगर्न आग्रह समेत गरिन् । 

 

आज बिहान ११ बजेर १० मिनेटमा शुरु भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए । 

 

नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघरमण्डलमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लठ्ठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गरी  सांसदले बैठकमा अवरोध गरेपछि बैठक स्थगत भएको थियो । 

 

सो घटनाबारे गृहमन्त्रीले सभामा जवाफ दिने आश्वासन पाएपछि बैठक शुरु भएको थियो । सभामा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले गुठी विधेयक सामान्य होइन भन्दै यसले समाजमा ल्याउने समस्याबारे संसद्लाई जानकारी गराउँदा समेत सुनुवाइ नभएको भनी आपत्ति जनाए । सांसद वृषेशचन्द्र लाल र सरिता प्रसाईँले गुठी विधेयक संशोधन गर्नुपर्ने माग गरे । 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 12 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 15 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 18 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।