नयनराज पाण्डेकाे 'यार'लार्इ पद्मश्री पुरस्कार

  • सोमबार, २५ भदौ, २०७५
  • 7 months ago
  • नेपाल

काठमाडौँ । लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ले २०७४ सालको पद्यमश्री पुरस्कार प्राप्त गरेको छ । 

 

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान, चितवनले लेखक पाण्डेको कृति यारलाई पद्मश्री पुरस्कार र साहित्य साधक डा. तारानाथ शर्मालाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गर्ने निर्णय गरेको हो । 

 

प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एकलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योगदान दिने व्यक्तिलाई प्रदान गर्दै आइरहेको छ ।

 

२०६२ देखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्दै आएकोमा २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।

 

दुवै पुरस्कार र सम्मानको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ । पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन वितरण गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए ।

 


थप समाचार

आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

  • 46 seconds ago
आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

काभ्रेपलाञ्चोक । पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।

मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

  • 15 minutes ago
मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । मेलमिलाप कार्यलाई थप प्रभावाकारी बनाउन मेलमिलापकर्ताहरुको दोश्रो राष्ट्रिय सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा एक प्रदेशबाट तीन जना उपप्रमुख/उपाध्यक्ष रहनेग

मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

  • 21 minutes ago
मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

काठमाडौँ । एफएम सञ्चालनका लागि निर्माण गरेको कानून बुझाउन सञ्चार सूचना तथा प्रविधि मन्त्रालायले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायबाट सातसय ५३ वटै स्थानीय तह



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।