IIMS College

ISMT

HUB Education

अफगानिस्तान र पाकिस्तानमा राष्ट्रसंघीय सहायता संस्थाको सहयोग

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अफगानिस्तान र पाकिस्तानका चिसो पीडित नागरिकहरुलाई संयुक्त राष्ट्रसंघीय संस्थाहरुले सहयोग गरिरहेको ती संस्थाले जनाएका छन् । चिसोका कारण समस्यामा परेका नागरिकलाई राष्ट्रसंघीय निकायहरुले सहयोग गरिरहेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् । 

 

ती निकायहरुले दुई देशका चिसो पीडितलाई न्यानो कपडा, ज्याकेट, कम्बल एवं खाना उपलब्ध गराएका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले मङ्गलबार आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी गराउनु भएको समाचारमा जनाइएको छ ।

 

यी दुई देशमा हाल जारी रहेको हिमपात, बाक्लो हुुस्सु र शीत लहरका कारण कतिपय क्षेत्रका नागरिकलाई ठूलो समस्या परिरहेको छ । प्रवक्ता डुजारिकले यस्तो समस्यामा परेका नागरिकलाई संयुक्त राष्ट्रसंघीय कर्मचारीहरुकै उपस्थितिमा उद्धारको काम भएको र उनीहरुलाई सहायता सामग्रीहरु पनि प्रदान गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।  

 

पाकिस्तानको उत्तरी र दक्षिणी भूभागका कतिपय स्थानमा शीत लहर र हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ । यसका कारण त्यहाँ कम्तीमा पनि १२७ जनाको ज्यान गएको छ । ती नागरिकको ज्यान जानेक्रम जारी नै रहेको र केही स्थानमा चिसोबाट बच्नका लागि विभिन्न सहायता निकायहरुले उपायहरुका बारेमा पनि जानकारी गराउने गरेको उनले बताए ।

 

पाकिस्तानका ती क्षेत्रमा हिमपातका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ । हिउँले थिचेर घर भत्किएको समाचारमा जनाइएको छ ।त्यसैगरी अफगानिस्तानमा पनि भारी हिमपात भएको छ । हिमपातपछि भएको वर्षापछि आएको बाढी र हिउँपहिरोका कारण यहाँका कम्तीमा पनि ११ वटा प्रान्त प्रभावित भएको छ । 

 

यहाँ बाढीले कैयौँ घर बगाएको छ । राजमार्गहरुमा हिउँले सवारी सञ्चालन हुन सक्ने अवस्था छैन । कतिपय बाटाहरु सेनाको प्रयासमा सफा गरिएको भए पनि यसबाट जनजीवन सामान्य हुन सकिरहेको छैन ।

 

प्राकृतिक प्रकोपको उद्धारमा खटिएका यहाँका सरकारी निकाय तथा सुरक्षाकर्मीहरुलाई संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संघसंस्थाका कर्मचारीहरुले पनि सघाएका छन् । अफगानिस्तानका ३४ मध्ये ११ वटा प्रान्तमा मानवीय सहायताको ठूलो खाँचो रहेको प्रवक्ता डुजारिकले जानकारी दिएका छन् ।

 

उनले यहाँका कैयौँ भूभागमा न्यानो कपडा र खाद्यान्न मात्र नभएर बस्नका लागि अस्थायी शिविर र पालको नै आवश्यकता रहेको जानकारी दिए । उनले यस्तो अप्ठेरो समस्यामा सहायताका लागि सबै क्षेत्र र स्थानबाट लाग्न पनि सबैलाई ट्वीटर मार्फत आग्रह पनि गरेका छन् । 


थप समाचार

बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

  • 35 minutes ago
बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

एजेन्सी । कंगना रणाउत बलिउडमा एक सफल अभिनेत्री हुन् । जुनसुकै कथामा पनि आफूलाई प्रस्तुत गर्न सक्ने खुबी भएकी कंगना सन् १९८७ मार्च २३ मा हिमाचल प्रदेशको भाम्ब्लामा जन्मिएकी हुन् ।

पेटको बोसो सजिलै घटाउन...

  • 50 minutes ago
पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या

यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

  • 59 minutes ago
यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

एजेन्सी । सन् २००६ को सुपरहिट फिल्म ‘ग्यांगस्टर’बाट चर्चित बनेका साइनी आहुजालाई एकदमै उत्कृष्ट अभिनेताको रुपमा लिने गरिन्थ्यो भने एक सम्भावना बोकेका कलाकारको रुपमा हेरिन्थ्यो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।