Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसंयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको निधन

संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको निधन


एजेन्सी । संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको सय वर्षको उमेरमा निधन भएको छ।उनी चिरपरिचित कुटनीतिज्ञ हुन्। नोवेल शान्ति पुरस्कार विजेतासमेत रहेका हेनरीको बुधबार कनेक्टिकटस्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकाको विदेश नीति बनाउन उनको मुख्य भूमिका रहेको थियो। अमेरिकाका १२ जना राष्ट्रपतिका उनी सल्लाहकार बनेका थिए। राजनीतिबाट सन्न्यास लिएपछि हेनरीले पूर्णकालीन लेखकको रूपमा आफ्नो पहिचान बनाएका थिए।

सन् १९६९ मा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए। हेनरी एकै समयमा राष्ट्रपतिका सुरक्षा सल्लाहकार र विदेशमन्त्री बन्ने अमेरिकाका एक्ला व्यक्ति हुन्।

यही समयमा उनले अमेरिकाको विदेश नीतिलाई परिमार्जन गर्न भूमिका खेलेका थिए। उनी जेराल्ड फोर्ड अमेरिकाका राष्ट्रपति भएका बेलामा पनि विदेशमन्त्री बनेका थिए। त्यसबेला हेनरीले चीनसँगको कुटनीतिक सम्बन्ध निमार्णको नेतृत्व लिएका थिए।

सन् १९७३ मा हेनरीलाई उत्तरी भियतनामका कुटनीतिज्ञ ले डुक थो का साथ नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको थियो।तर डुक थो ले उक्त पुरस्कार लिएनन।

उनले भियतनाम युद्धको समापनका लागि भएको पेरिस शान्ति सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका थिए। १९७७ मा राजनीतिबाट सन्न्यास लिएपछि हेनरीले सार्वजनिक मामिलामा आफूलाई केन्द्रित गरेका थिए।

हेनरीले उनको जीवनकालभरी इतिहास, राजनीति र कुटनीतिमा २१ वटा किताब लेखेका छन्। सन् १९२३ मा जर्मनीको यहुदी परिवारमा जन्मिएका हेनरी तत्कालीन तानाशाही नाजीबाट जोगिन १९३८ मा परिवारसहित अमेरिका गएका थिए।

उनी सन् १९४३ मा अमेरिकाका नागरिक बनेका थिए। रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT