पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

इस्लामावाद । पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ । 

 

पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्विकृत गरेका हुन् । 

 

पाकिस्तानको निर्वाचन आयोगले जुलाई २५ देखि जुलाई २७ सम्म तीन दिनमध्ये एक दिन निर्वाचन गर्न प्रस्ताव गरेको थियो । 

 

आमनिर्वाचन तोकिएकै दिन चार प्रान्तका प्रान्तीय सांसदका लागि पनि निर्वाचन हुने तय भएको अधिकारीहरुले जनाएका छन् । 

 

वर्तमान सरकारको कार्यकाल यही मे ३१ मा पूरा हुने भएकाले नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । 

 

निर्वाचन आयोगले आमनिर्वाचन गराउन आयोग पूर्ण रुपमा तयार रहेको जनाएको छ भने राजनीतिक दलहरुले पनि निर्वाचनको प्रचार प्रसार सुरु गरेका छन् । 

 

आफ्नो पार्टीले जित्ने इमरानको विश्वास 

 

यसैबीच प्राप्त अर्को एक समाचारमा पाकिस्तानका पूर्व क्रिकेट स्टर समेत रहेका एक पार्टीका नेता इमरान खानले आगामी आमनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने विश्वास व्यक्त गरेका छन् । 

 

मुलुकमा भइरहेको भ्रष्टाचार र बेथितीका विरुद्धमा आफ्नो पार्टी उभिएकाले जनताले विजयी गराउने उनले आइतबार बताए । 

 

निर्वाचनले अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वप्रधानमन्त्री नवाज सरिफका साथैअरु पनि मुलुकका लागि तनावको विषय बनेका नेताहरुलाई पनि पाखा लगाउने उनको भनाई छ । 

 

आफूले अरु दलले भन्दा पहिले नै प्रचारप्रसार अभियान सुरु गरेको जानकारी पनि उहाँले आइतबार दिएका छन् । 


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 9 hours ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 9 hours ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 10 hours ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको