IIMS College

ISMT

HUB Education

पाकिस्तानमा हत्या गरिएकाको अन्त्येष्टिमा हजारौँ सहभागी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पेशावर, पाकिस्तान ।  निर्वाचन प्रचारप्रसारका क्रममा भएको आत्मघाती हमलामा परी मृत्यु भएकाको अन्त्येष्टिमा बुधबार हजारौँ सहभागी भएका छन् । 

 

तालिबान लडाकूहरूले गराएको भनिएको विस्फोटनमा परी मृत्यु भएका २० जनाको अन्त्येष्टिका लागि हजारौँ सहभागी भएको अधिकारीहरूले बताएका छन् । 

 

अन्त्येष्टिमा झण्डै ३० हजार जना सहभागी भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

 

यही जुलाईको २५ तारिखका दिन हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनलाई प्रभावित पार्नेगरी हिंसात्मक गतिविधिहरू भएको समाचारमा जनाइएको छ । 

 

पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा मंगलबार अबेर पछिल्लो ठूलो आत्मघाती विस्फोटन भएको हो । 

 

निर्वाचनको प्रचारप्रसारका लागि भएको चुनावी ¥यालीमा सहभागी भएकामाथी आत्मघाती आक्रमण हुँदा केही नेता पनि मारिएका जनाइएको छ । 

 

आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामी हरूर पनि मारिएका छन् । उनी पनि सो निर्वाचन ¥यालीमा सहभागी भएका थिए ।

 

पाकिस्तानमा चुनावी प्रचारप्रसार अभियान शुरु भएसँगै देशमा हिंसा भड्किने त्रासबीच मंगलबारको दुखद् घटना भएको हो । 

 

मंगलबार भएको हमलाको तालिबान लडाकूहरूले नै जिम्मेवारी लिएका छन् । हिंसात्मक घटना हुन थालेसँगै आगामी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा शुरु भएको छ । 

 

पाकिस्तानी सेनाकाले भने सुरक्षा र निर्वाचन सम्पन्न गर्न मात्र आफूहरू खट्ने स्पष्ट पारेको छ । निर्वाचनका लागि करिब तीन लाख ७० हजार सेना खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका उच्च अधिकारीहरूले जानकारी दिएका छन् । 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 45 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 50 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 1 hour ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।