पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ । 



पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्विकृत गरेका छन् । 



पाकिस्तानको निर्वाचन आयोगले जुलाई २५ देखि जुलाई २७ सम्म तीन दिनमध्ये एक दिन निर्वाचन गर्न प्रस्ताव गरेको थियो । 



आमनिर्वाचन तोकिएकै दिन चार प्रान्तका प्रान्तीय सांसदका लागि पनि निर्वाचन हुने तय भएको अधिकारीहरुले जनाएका छन् । 



वर्तमान सरकारको कार्यकाल यही मे ३१ मा पूरा हुने भएकाले नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । 



निर्वाचन आयोगले आमनिर्वाचन गराउन आयोग पूर्ण रुपमा तयार रहेको जनाएको छ भने राजनीतिक दलहरुले पनि निर्वाचनको प्रचार प्रसार सुरु गरेका छन् ।

 

आफ्नो पार्टीले जित्ने इमरानको विश्वास 

यसैबीच प्राप्त अर्काे एक समाचारमा पाकिस्तानका पूर्व क्रिकेट स्टर समेत रहेका एक पार्टीका नेता इमरान खानले आगामी आमनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने विश्वास व्यक्त गरेका छन् । 


मुलुकमा भइरहेको भ्रष्टाचार र बेथितीका विरुद्धमा आफ्नो पार्टी उभिएकाले जनताले विजयी गराउने उहाँले आइतबार बताए । 



निर्वाचनले अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वप्रधानमन्त्री नवाज सरिफका साथैअरु पनि मुलुकका लागि तनावको विषय बनेका नेताहरुलाई पनि पाखा लगाउने उनको भनाई छ । 

आफूले अरु दलले भन्दा पहिले नै प्रचारप्रसार अभियान सुरु गरेको जानकारी पनि उनले आइतबार दिएका छन् । 


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 4 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 5 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 5 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।