Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट

फिल्म ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट


काठमाडौँ । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको छ ।

यो सर्टिफिकेट पाएपछि १६ भन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ । फिल्मको बुधबार सेन्सर भएको थियो । फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको सौरभ चौधरी निर्देशित फिल्मलाई देशभरका हलमा उच्च शो पाएको छ ।

फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ । यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ ।

उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन् । शोको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शोहरु उपल्बध गराएका छन् ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।

निर्माण पक्षका अनुसार अष्ट्रेलियामा फिल्मको शोको टिकट बिक्री भइसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

२०८१ माघ ११ मा चलचित्र ‘अञ्जिला’ रिलिज हुने

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय

दश सहरमा सिनेमा साक्षरता अभियान सञ्चालन गर्दै अस्कर कलेज

काठमाडौँ । विगत दुई दशकदेखि नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ।

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक

काठमाडौंँ । फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको

‘बोक्सीको घर’को फर्ष्ट लुक्समा केकीकाे यो रूप

काठमाडौँ । आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । ‘बोक्सी लुक्स’मा

१० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः…

काठमाडौँ । चलचित्र निर्माता एवं निर्देशक मिलन चाम्सले चलचित्रले राम्रो व्यापार गर्न नसकेसम्म राम्रा चलचित्र बन्न कठिन रहेको बताएका छन्

‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । यस मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेन

Techie IT