IIMS College

ISMT

HUB Education

दूरसञ्चार कार्यालय पाल्पाद्वारा जिल्लाभर इन्टरनेटको पहुँच विस्तार

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पाल्पा । नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पाले जिल्लाभर इन्टरनेटको पहुँच विस्तार गरेको छ । जिल्लामा एडीएसल ९४४ जडान गरिएको छ । जिल्लामा इन्टरनेटको पहुँच विस्तार गरी सहजरुपमा सुविधा प्रदान गर्न योजनाका साथ काम अघि बढाएको छ । दूरसञ्चार कार्यालयले सुलभ मूल्यमा इन्टरनेट जडान कार्यलाई तीव्रता प्रदान गरेको हो ।

 

जिल्ला सदरमुकाम तानसेनमा फोरजी सेवा सञ्चालनमा छ । दूरसञ्चार कार्यालय, तानसेनकै लहरेपीपल, रिडी र बेगनासकाली गाउँपालिकाको बरादीमा फोर जी सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय पाल्पाका प्रमुख सन्तोष भण्डारीले बताए । पाल्पाको पूर्वी क्षेत्रमा फोरजीको सेवा विस्तार गर्ने तयारीमा छ । रामपुर, मित्याललगायतका क्षेत्रमा बिटिस जडान कार्य भइसकेको छ । यसै आवभित्र फोर जी सेवा विस्तार गर्ने र नागरिकलाई सहजरुपमा इन्टरनेटको पहुँच विस्तार गर्ने योजना रहेको प्रमुख भण्डारीको दाबी छ ।

 

दूरसञ्चार कार्यालय हालसम्म इन्टरनेटका लागि वाइम्याक्स १३७, लेस लाइन १७, इटिटीस ३४१ छन् । जिल्लाका अधिकांश स्थानमा अहिले टु र थ्री जीका सेवा सहजरुपमा प्रयोग गर्दै आएका छन् । टु जी, थ्री जीको सहज पहुँचमा रहेका नागरिकले सामाजिक सञ्जाल प्रयोग गरी सूचनाको आदनप्रदान गर्नै सफल भएका छन् । आफन्तसँग भिडियोमा कुराकानी गर्न पाउँदा स्थानीयवासी खुशी छन् ।

 

विद्युत्को पहुँच विस्तार हुन नसकेका र सोलारबाट उज्यालोमा रात बिताउने क्षेत्रमा दूरसञ्चार कार्यालयको सेवा प्रभावकारी हुन नसकेको प्रमुख भण्डारीको दाबी छ । दूरसञ्चार कार्यालयका अनुसार पाल्पामा हालसम्म मोबाइल सिम प्रिपेड एक लाख ८० हजार ८२२ र पोस्टपेड चार हजार २४५ वितरण गरिसकेको दूरसञ्चार कार्यालय पाल्पाका सूचना अधिकारी रामराज रेग्मीले बताए । 

 

जिल्लामा ल्याण्डलाइन फोन प्रयोगकर्तामा कमी देखिएको छ । मोबाइल सिम प्रयोगको तुलनामा ल्याण्डलाइन फोनप्रति आकर्षण घट्दो छ । पाल्पामा हालसम्म तीन हजार ४५६ ल्याण्डलाइन वितरण भएको देखिन्छ । त्यस्तै सिडीएमए स्काइ पोष्टपेड हालसम्म ४११ वितरण भएको चालू आवमा १८ वटामा मात्र वितरण भएको छ । सिडीएमए स्काइ प्रिपेड २० हजार ७८२ हालसम्म वितरण भएको छ । 

 

जिल्लाका कचल, गोठादी, लुङ्ग, सत्यवतीमा बिटिएस जडानपछि स्थानीय बासिन्दालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । पाल्पा रैनादेवी छहराको सिद्देश्वर, सत्यवती निस्दीको ज्यामिरे लगायतका क्षेत्रमा अझै पनि मोबाइलमार्फत कुराकानी गर्न समस्या हुँदै आएको छ । 

 

नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पाले दूरसञ्चारका गुल्मी र अर्घाखाँचीसँग समन्वय गरी सेवा प्रवाह गर्दै आएको छ । ती जिल्लाकोे एमआइएसको प्रतिवेदन तयारी गरी केन्द्रीय कार्यालयमा पठाउँदै आएको छ । सूचना प्रविधिको विकासले दूरसञ्चार कार्यालयबाट पाउने सेवासुविधा इन्टरनेटका कारण सहज बन्दै गएको छ । सूचना प्रविधिको बढ्दो आविष्कारले हुलाकसँग दूरसञ्चार कार्यालयको पनि महत्व कमी हुँदै गएको छ ।


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 3 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 4 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 4 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।