उचित संरक्षण नभएपछि पाण्डवका देवल जीर्ण बन्दै

  • शुक्रबार, २७ पुष, २०७५
  • 2 months ago
  • नेपाल

अमरगढी । उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । 

 

जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् । 

 

जिल्लाकै प्रसिद्ध देवलहरु मानिँदै आएका यी ठाउँको विकास र संरक्षणमा सरकार, सामाजिक सङ्घसंस्था र स्थानीय निकायले खासै चासो नदेखाउँदा खण्डहरू ओझेलमा पर्दै गएकामा जिल्लाका संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् । 

 

जिल्लाकै देवल नमूना पर्यटकीयस्थल बनाउन सकिने देखिन्छ । देवलदिव्यपुरका देवल द्वापर युगमा भारतको हस्तिनापुरबाट आएका पाँच भाइ पाण्डवले एक रातमा पाँच देवल निर्माण गरेको किंवदन्ती रहेको छ । देवल निर्माण नागमल्ल राजाका पुर्खाहरु राज गरेका बोटे राज्य बनाइएको र उक्त राज्य गर्ने राजा त्रिलचीका तीन भाइमध्येका पृथ्वी पालले गरेका पाइएको छ । 

 

पृथ्वी पालका जेठा दाजु अजयपाल अजयमेरुकोटमा बसेका कारणले त्यस ठाउँको नाम नै राजा अजयपालको नामबाट अजयमेरुको राखिएको किंवदन्ती रहेको पाइन्छ । त्यस्तै राजा पृथ्वी पालले देवलका छ महीनाका छोरा घुँडा र कुमले हिँडिरहेका बेला मल्ल युद्धजस्तै हिँडिरेहको आफ्नो छोरालाई त्यो दिनदेखि पृथ्वी पालको थर परिर्वतन गरेर मल्ल हुन गएको किंवदन्ती रहेको स्थानीय पण्डित गङ्गादत्त पन्तले बताएका छन् । 

 

यस देवलका इतिहास पत्ता लगाउन राजा महेन्द्रका पालामा योगी नरहरिनाथ देवल दिव्यपुरमा पुगेपछि त्यसको इतिहास थाहा पाउनका लागि देवल क्षेत्रमा रहेका शिलालेखमा कुनै इतिहास पत्ता लग्न नसकेको आफूले जानकारी पाएको पन्तले बताए । देवलमा राखिएका पुरानो शिलालेखको बारेमा पत्ता लगाउन नसकेपछि नरहरिनाथले जस्ताको त्यस्तै लेखिएको शिलालेख छापी राजधानी लगेका पन्तले बताए ।  

 

यस्तै धार्मिक महत्वका विभिन्न ठाउँमा बाटोमा बटुवाहरुको बासस्थानका लागि बनाएका धर्मशाला पनि ओझेलमा पर्न थालेका छन् । अमरगढी नगरपालिका–७ चमामा मूलबाटोमै रहेको तीनकोठे धर्मशालाको उचित संरक्षण हुननसकाले ओझेलमा पर्न थालेका छन् । अनपा–७ स्थित पोखरबजार नजिकै रहेको रातागुन ९नाना सिलङ्गा० रहेको दुईकोठे धर्मशाला पनि छाना भत्किन लागेको छ । यसरी यी ठाउँहरू पहिचान ढल्ने अवस्थामा पुगेको बताउँछन्, अनपा–७ का इतिहासविद् भोजराज भट्टराई । 

 

उनले यी ठाउँका संरक्षण गरे आन्तरिक पर्यटकबाट वर्षेनी लाखौँ आम्दानी हुनसक्ने बताए । सरोकारवालाले उदासिनता देखाएका कारण यी जस्तै नेपालकै चौथौ धाममध्येको पर्शुरामधाम मन्दिर, धार्मिकस्थलसमेत उपेक्षाको सिकार भएको इतिहासविद् भट्टराईले चिन्ता व्यक्त गरे । 

 

पाँच वर्ष पहिले सदरमुकाम नजिक रानीधारामा रहेको दुईकोठे धर्मशालासमेत भत्काइ घर निर्माण भएकामा सरोकारवालाले कुनै चासो नदेखाएको देखिन्छ ।


थप समाचार

पशुपतिमा थरीथरीका चन्दन

  • 9 minutes ago
पशुपतिमा थरीथरीका चन्दन

काठमाडौँ । पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री

जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

  • 12 minutes ago
जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

काठमाडौं । रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ । श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्

१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाको तयारी

  • 14 minutes ago
१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाको तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र १२ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि षष्ठि, ४५ घडी ४९ पला, रातको १२ बजेर २५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अनुराधा,१३ घडी ४५ पला,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।