कालो सूचीमा पप्पु कन्स्ट्रक्सन कम्पनी

  • मंगलबार, ४ मंसिर, २०७५
  • 2 months ago
  • नेपाल

काठमाडौं । केही समय अघि पप्पु कन्स्ट्रक्सन कम्पनीलाई नहर निर्माण कार्य समयमा सम्पन्न गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाई आयोजना कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो । निर्णय सदरका लागि आयोजना कार्यालयले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको थियो । 

 

त्यस्तै अहिले आएर पप्पु  कन्स्ट्रक्सन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद कार्यमा समेत सहभागी हुन रोक लगाएको छ । गत कात्तिक २१ गते सुस्त गतिमा काम गरिरहेको पप्पुले सम्झौता अनुसार काम गर्न नसकेको भन्दै सिक्टा सिँचाई आयोजनाले पप्पुसँग सम्झैता तोडेको थियो । साथै पप्पुलाई उक्त आयोजनाले कालो सूचिमा राख्ने निर्णय गरी सदरका लागि पिपिएमओमा पठाएको थियो ।

 

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पप्पुलाई थप जिम्मेवारी दिँदा त्यसबाट अवरोध सिर्जना भई सर्वसाधारणमा थप हानि हुुने भन्दै कारबाही प्रकिया टुंगो नलागेसम्म खरिद कार्यमा सहभागी हुन रोक लगाएकोे हो । 

 

आयोजना कार्यालयका अनुसार ९८ करोड ८१ लाखमा २३ किलोमिट लामो डुडुवा नहर बनाउन सिक्टा सिँचाइसँग ठेक्का लिएकोमा सम्झौता अवधि सकिँदासम्म ७ प्रतिशत मात्र काम गरेको छ । 

 

 


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 24 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 26 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 36 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।