प्याराग्लाइडिङमा सुरक्षा उल्लंघन गरे कडा कारवाही गरिने, धेरै चिनिया पर्यटक दुर्घटनामा परेपछि मन्त्रालयले लियो यस्तो निर्णय

  • शनिबार, १२ जेष्ठ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

प्याराग्लाइडिङ्गका लागि उडान भर्ने कम्पनीहरु माथी अब राज्यले कडा निगरानी गर्ने भएको छ । विशेष गरी धेरै पर्यटक र यात्रुहरु उच्च जोखिममा देखिएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस बारे गम्भिर चासो देखाएको हो ।

 

पोखरामा प्याराग्लाइडिङ्ग उडान भर्ने धेरै चिनिया पर्यटकहरु पटक–पटक दुर्घटनामा परे पछि नेपाल स्थित चिनिया राजदुत आफै मन्त्रालयमा उपस्थित भएर मन्त्रि रबिन्द्र अधिकारी र सचिब कृष्ण देवकोटालाई ध्यानाकर्षण गराएका थिए । चिनिया राजदुत स्वयं उपस्थित भएर शुरक्षा र व्यवस्थापकिय कमजोरी हटाउन आग्रह गरे पछि मन्त्रालयले सचिव स्तरिय निर्णय गर्दै त्यस्तो गरेको पाइएमा प्यराग्लाइडिङ्ग संचालक तथा पाइलटमाथि फौजदारी मुद्धा चलाउन परिपत्र गरिएको छ ।

 

चिनिया राजदुतबासको वेबसाइटमा नै पोखराको प्याराग्लाइडिङ्ग बारे सूचना जारी गर्दै आफ्ना नागरिकहरु उच्च जोखिममा रहेको बताएको छ । सूचनामा धेरै जनाको वहुमुल्य सामान र मोबाइल समेत उडानका क्रममा खस्ने गरेको तथा उडान भर्दा र ल्याण्डिङ्ग गर्दा समेत दुर्घटनामा परेको जनाइएको छ । पोखरामा ६३ कम्पनी बाट दैनिक उडान भर्ने करिब ३ सय देखि ४ सय उडानमा अहिले पनि ५० प्रतिशत चिनिया पर्यटक हुने गरेको नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्ग ग्लाइडिङ्ग संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले बताए ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, नेफा र नेपाल हवाई खेलकुद संस्थालाई बोधार्थ गरि पठाएको परिपत्रमा प्याराग्लाइडिङ्ग उडान भर्ने कम्पनीको संचालनपत्र वैधता छानविन गर्न र अवैध कम्पनीले उडान भरेमा प्रचलित फौजदारी कानुन अन्र्तगत संचालक तथा पाइलटलाई कारवाही गर्न भनिएको छ । त्यसै गरि परिपत्रमा उडान शुरक्षा लाई दृष्टीगत गरि एक कम्पनीलाई दैनिक दुइ उडान गर्न अनुमती दिइएको छ ।

 

सो परिपत्र बारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक ओम रानाले आफ्ना मातहतका सबै प्रहरी कार्यालयहरुमा जानकारी गराइसकेको बताए । परिपत्र अनुसार कुनै पनि कम्पनी वा पाइलटले नियम उल्लघन गरेको पाइएमा तुरुन्तै कारवाही गरी पक्राउ गर्न निर्देशन दिएको समेत उनले बताए । यता जिल्ला प्रशासन कार्यलयले समेत पोखरा नागरिक उड्डयन कार्यालयलाई दैनिक कडासंग अनुगमन गर्न निर्देशन गरेको छ ।

 

नेपालमा प्याराग्लाइडिङ्गलाई थप व्यवस्थित बनाउन तथा दुर्घटनाको जोखिमलाई न्युनीकरण गर्न संस्कृती तथा पर्यटन उड्डयन मन्त्रालयको सचिबको अध्यक्षता प्याराग्लाइडिङ्ग निर्देशिका तयारी समिती गठन गरिएको छ भने क्यानका हवाई शुरक्षा उपनिर्देशक राजु श्रेष्ठको अध्यक्षतामा ड्राफ्ट कमिटी बनाइएको छ । लामो समय देखि ब्यबसायीले उठाउँदै आएको प्याराग्लाइडिङ्ग निर्देशिका चाँडै नै आउने भएपछि अधिकांश ब्यबसायी खुसी भएको छन ।

 

पोखरामा प्याराग्लाइडिङ्ग संचालन गर्ने कम्पनीहरु निर्देशिकाको अभावमा विचौलियका कारण मारमा पर्दै आएका छन । कम्पनीहरुले माग गर्दै आएको ‘इविलिङ्ग सिष्टेम’ समेत नहुँदा व्यवसायीहरु मारमा पर्दै आएको बताएका हुन । विचौलियाले एक जना ग्राहक संग १२ हजार सम्म लिने तर व्यवसायीले विचौलिया मार्फत व्यवसाय गर्दा ४ देखि ५ हजार लिने गरेका छन । विचौलिया कारण राज्यको करौडौको कर समेत गुम्ने गरेकोले पनि ‘इविलिङ्ग सिष्टेम’ तत्काल लागु गर्न उनीहरुले आग्रह गरेका छन ।


थप समाचार

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

  • 15 minutes ago
यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

  • 24 minutes ago
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

जिरी । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएक

तीन दशकपछि कालोपत्रे सुरु भयो

  • 28 minutes ago
तीन दशकपछि कालोपत्रे सुरु भयो

डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।