IIMS College

ISMT

HUB Education

एसियाडमा प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना, चौथो दिनपछि नेपाल दोस्रो स्थानमा

  • बुधबार, १३ भदौ, २०७५
  • 1 year ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत प्याराग्लाइडिङमा नेपालले मंगलबार उत्कृष्ट प्रदर्शन गर्दै पदकको आशा कार्यमै राखेको छ । 

 

प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा नेपाली पुरूष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै चौथो राउण्डको खेलपछि दोस्रो स्थानमा उक्लिएको छ । 

 

पहिलो र दोस्रो दिनमा तेस्रो स्थानमा रहेको नेपाली पुरूष टोली तेस्रो दिन चौथो स्थानमा झरेको थियो । तर, चौथो दिन उत्कृष्ट पुनरागमन गर्दै दोस्रो स्थानमा उक्लिएको हो । जापान शीर्ष स्थानमा छ ।

 

बुधबार क्रस कन्ट्रीको अन्तिम राउण्डको खेल हुनेछ । त्यसबाट पदक जित्ने राष्ट्रको टुङ्गो लाग्नेछ । नेपालको पुरुष टिममा विमल अधिकारी, विमल गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् ।

 

म्यानेजर शैलेन राउतले बुधबारको खेलमा अझ सुधारीएको प्रर्दशन गर्दै नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ अगाडि बढ्ने बताए ।

 

महिला क्रसकन्ट्रीमा भने नेपाली टोली चौथो राउण्ड पछि छैठौं स्थानमै छ । महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा छन् ।


थप समाचार

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 15 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा

काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

  • 16 hours ago
काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठम

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

  • 16 hours ago
कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।