पाराग्लाइडिङप्रतिको आकर्षण बढ्दै

  • मंगलबार, १९ भदौ, २०७५
  • 1 year ago
  • अर्थ

पोखरा ।  पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ ।

 

 इण्डोनेशियामा हालै सम्पन्न १८ औंँ एशियन खेलमा पहिलोपटक खेलको रुपमा सूचीकृत भएको पाराग्लाइडिङको प्रतिस्पर्धामा नेपालले रजत पदक प्राप्त गरेपछि युवा बढी आकर्षित हुने देखिएको हो । 

 

अन्तर्राष्ट्रिय जगतमा पाराग्लाइडिङमार्फत नेपाल गौरव बढाउनमा पोखराकै पाराग्लाइडिङका पाँचजना खेलाडी विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् । 

 

सो कारणले पनि पोखरामा व्यावसायिक रुपमा सञ्चालित पाराग्लाइडिङको भविष्य उज्ज्वल हुने नेपाल हवाई खेलकूद संस्थाका उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले बताउँछन् । 

 

अन्तर्राष्ट्रियस्तरमा प्राप्त यसपटकको सफलताले हावाको भरमा आकाशमा उड्ने पाराग्लाइडिङको व्यवसाय फस्टाउने सम्भावना बढेको देखिन्छ । 

 

यो व्यवसायको माध्यमबाट पोखरामा विदेशिका साथै आन्तरिक पर्यटक व्यापकरुपमा भित्रिएपछि होटेल, रेष्टुरेन्टलगायत समग्र क्षेत्रको आर्थिक गतिविधिमा बढोत्तरी हुनेमा व्यवसायी ढुक्क छन् । 

 

प्रदेश सरकारले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने निर्धारण गरिएको लक्ष्यमा पाराग्लाइडिङको माध्यमबाट पर्यटकलाई आकर्षित गर्न थप बल पुग्ने विश्वास गरिएको छ । 

 

पाराग्लाइडिङप्रति व्यवसायी बढी आकर्षित भएपछि बढी मुनाफाको व्यवसायमा यतिखेर घाटा हुन थालेको उपाध्यक्ष भण्डारीको भनाइ छ ।

 

 पोखरामा यो खेल शुभारम्भमा नाफामुखी भएपनि यतिखेर अस्वस्थ्य प्रतिस्पर्धाका कारण अधिकांश कम्पनी घाटामा गइरहेका छन् । 

 

सन् १९९८ मा स्थापना भएपछि अहिलेसम्म पोखरामा ६२ वटा कम्पनी यस व्यवसायमा संलग्न छन् । अत्यधिक कम्पनी भएपछि अस्वस्थ्य प्रतिस्पर्धा हुँदा यस व्यवसायमा घाटा हुनु स्वभाविक हो ।

 

 नाफामुखी व्यवसायको रुपमा पुनःस्थापित गर्ने विषयमा व्यवसायी गहनरुपमा छलफल गर्नुपर्ने उपाध्यक्ष भण्डारीको सुझाव रहेको छ । 

 

यस व्यवसायमा रु ६० लाखको गाडी, उपकरणका र ग्लाइडरको मूल्य रु ६ लाख गरी रु एक करोडको लगानी गरेपछि सो अनुरुप हुनुपर्ने फाइदा नहुँदा व्यवसायी मारमा परेको उनी बताउँछन् । 

 

एक फ्लाइट उडाउँदा विदेशीबाट रु १२ हजार र स्वदेशीबाट रु आठ हजार रकम लिने भए पनि अस्वस्थ्य प्रतिस्पर्धाका कारण विदेशीबाट बढीमा रु पाँच हजार र स्वदेशीसँग रु बढीमा चार हजार ५०० मात्र लिने गरिएकाले यतिखेर यो व्यवसायमा घाटामा भइरहेको छ । 

 

रु पाँच हजारबाट रु तीन हजार ५०० पाइलटलाई र रु एक हजार ५०० मा मूल्य अभिवृद्धि कर तिर्नुपर्दा व्यवसायीलाई कुनै लाभ नहुने भएकाले यो व्यवसाय फस्टाउन नसकेको बताइएको छ । 

 

पोखराको सराङकोटबाट खपाउँदीसम्म २० र तोरीपैनीदेखि चङ्खपुरसम्म ४२ गरी ६२ वटा कम्पनी पाराग्लाइडिङ व्यवसायमा संलग्न छन् । तातो हावाको चापमा उड्ने यसको आकासे दुरी दुई किलोमिटरको हुने गरेको छ ।

 

 मौसम अनुकूल रहेको अवस्थामा दैनिक २५० देखि ३०० सम्म पाराग्लाइडिङको उडान हुने गरेको छ । बिहान १०ः३० देखि ४ः३० बजेसम्म उडानको समय निर्धारण गरिएको छ । 

 

पाराग्लाइडिङ गर्नका लागि स्वदेशीका साथै युरोप, अमेरिका, चीन, अष्ट्रेलिया, बङ्गलादेश, भारतबाट आउने गरेका छन् । हालसम्मको तथ्याङ्कमा सबैभन्दा बढी चीनबाट आउने गरेका छन् । 

 

चीनमा निर्मित ‘अप विन द विन्ड’ चलचित्रका कलाकारहरुले पाराग्लाइडिङको सुटिङ पोखरामा गरेका थिए ।

 

 सो चलचित्र निकै चर्चित भएपछि पाराग्लाइडिङ गरिएको स्थललाई खोजी गर्दै सो खेलको माध्यमबाट रोमाञ्चकारी अनुभव सङगाल्न चीनका युवा बढी पोखरा आउने गरिएको उपाध्यक्ष भण्डारीको भनाइ छ । 

 

 


थप समाचार

मेची–महाकाली विद्युतीय रेलमार्ग: इनरुवा खण्डको काम शुरु

  • 22 minutes ago
मेची–महाकाली विद्युतीय रेलमार्ग: इनरुवा खण्डको काम शुरु

झापा । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

  • 30 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण

  • 37 minutes ago
काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण

काठमाडौँ । काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण फेला परेको पुष्टि भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।