पारापार्क फुटबल क्लबको अध्यक्षमा सञ्जीव रौनियार निर्वाचित

सिड्नी, बिगत एक दशकभन्दा लामो समयदेखि सिड्नीको पश्चिमी क्षेत्रमा क्रियाशील पारापार्क फुटबल क्लबको अध्यक्षमा सञ्जीव रौनियार निर्वाचित भएका छन् । यही १० अगष्टमा सम्पन्न भएको साधारणसभाले आगामी दुई वर्षको कार्यकालका लागि रौनियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

 

 अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सतिश पौडेल, सचिवमा विशाल सुवेदी, कोषाध्यक्षमा उमेश थापा र कार्यसमिति सदस्यहरुमा अनिश चौधरी र समिर तुलाधर रहेका छन् । यसैगरी साधारणसभाले पब्लिक रिलेसन अफिसरमा अशोक ओलीलाई चयन गरेको छ । साधारणसभामा आर्थिक प्रतिवेदन र विभिन्न गतिविधिका विषयमा चर्चा भएको थियो भने आगामी कार्ययोजना पनि तय गरिएको छ ।

 

 पश्चिम सिड्नीको पारामाटा र आसपासका नेपालीहरुलाई संगठित गर्दै जुनियर र सिनियर गरी दुबै समूहमा खेलाडीहरुलाई आबद्ध गरी तालिम, प्रोत्साहन र प्रतिस्पर्धा सञ्चालन गर्दै आएको क्लबमा एक सयभन्दा बढी खेलाडीहरू आबद्ध छन् ।

 

थप समाचार

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

  • 3 minutes ago
जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

किन भौंतारिदैछन् नारायणकाजी ?

  • 11 minutes ago
किन भौंतारिदैछन् नारायणकाजी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता पछिल्लो दिनमा धेरै नै निराश भएको उनी निकट स्रोतले बताएको छ । प्रवक्ता श्रेष्ठ आजभोली आफ्ना असाध्यै विश्वासिला मान्छे बाहेक कसैलाई पनि भेट्

एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

  • 26 minutes ago
एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

काठमाडौं । विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै एलेक्जेन्डर जेभेरेभले एटीपी फाइनल्स टेनिसको उपाधि जितेका छन् । उनले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । पहिलो



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।