IIMS College

ISMT

HUB Education

पार्किङस्थल निर्माण कार्य प्रक्रिया रद्द !

  • शुक्रबार, १८ पुष, २०७६
  • 3 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले धर्मपथमा निर्माण गर्ने भनिएको बहुतले पार्किङस्थल निर्माण कार्य प्रक्रिया रद्द गरेको छ । कामपाको ३९ औँ कार्यपालिका बैठकले निर्माण गर्न कानूनी जटिलता रहेको भन्दै निर्माण प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । 

 

कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकमा बहुमतले पार्किङस्थल निर्माणको काम प्रक्रियामा गइसकेको भए पनि कानूनी समस्या रहेको भन्दै रद्ध गरेको हो । उक्त स्थानमा पार्किङ निर्माणको काम २०७३ सालबाटै अघि बढेको थियो ।  

 

त्यस्तै बैठकले नेपाल विद्युत् प्राधिकरणले महानगरलाई तिर्नुपर्ने राजश्व र महानगरले प्राधिकरणलाई तिर्नुपर्ने बिजुलीको बक्यौताका विषयमा अध्ययन गरी हिसाब मिलान गर्न सिफारिस गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । 

 

बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको छ । त्यस्तै सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत पाँच वटा सार्वजनिक शौचालयसहित ३६ वटा बस बिसाउनी निर्माण गर्न अनुमति दिने बैठकले निर्णय गरेको छ । 

 

बैठकले वडा ३२ मा दर्ता भएर सञ्चालन हुँदाहुँदै सञ्चालक बेपत्ता भएको हिरो बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । 

 

बैठकका अन्य निर्णयमा वडा २७ को वडा कार्यालयको भवन निर्माण सम्झौता गर्ने, चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने, शङ्खधर पार्क निर्माणका लागि मध्यपुरथिमी नगरपालिकालाई अनुदान उपलब्ध गराउने, महानगर क्षेत्रभित्रका पैदलमार्ग वडा तहबाट सम्भव हुने वडाबाटै र अन्यका हकमा महानगरबाट मर्मतसम्भार तथा व्यवस्थापन गर्नेलगायत छन् । बैठकले  यही पुस २९ गते नगरसभाको मिति तय पनि गरेको छ ।  


थप समाचार

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 11 minutes ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

  • 22 minutes ago
विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

फिदिम । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ ।

कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

  • 25 minutes ago
कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।