ISMT

HUB Education

मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई पठाएकाे 'ललिपप' संसदमा प्रस्तुत

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी विधेयकमाथि संसदमा चलेको सैद्धान्तिक छलफलमा सत्तारुढ संघीय समाजवादी फोरम नेपालका एक सांसद कडा रुपमा प्रस्तुत भए ।

 

फोरम नेपालका सांसद प्रदीप यादवले मंगलबार संसदको रोष्ट्रमबाट बोल्दै गर्दा खल्तीबाट ‘ललिपप’ समेत निकालेर देखाए । त्यसपछि आफूले ल्याएको उक्त ललिपप प्रदेश २ का मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई फिर्ता दिन पठाएको बताए ।

 

सांसद यादवले प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई बोलाएर ललिपप दिने कुरा गरेको बताए । ‘हाम्रो मुख्यमन्त्रीले (प्रदेश २ का) भन्नु भएको छ– हामी बच्चा छैन । मुख्मयन्त्रीले भन्नुभयो– प्रधानमन्त्रीले दिनुभएको ललिपपले मान्दैन’, यादवले भने, ‘प्रदीपजी यो ललिपप प्रधानमन्त्रीलाई सभामुखमार्फत् फिर्ता गरिदिनुहोस् ।’

 

सरकारले ल्याएको विधेयकमा सिडिओलाई छोटा राजा र मुख्यमन्त्रीलाई बिनासेनाको सेनापति बनाउन खोजिएको यादवको आरोप थियो । ‘सरकारले आफूले जन्माएको बच्चा (संघीयता) लाई मार्ने काम गरिरहेको छ’, यादवले प्रश्न गरे, ‘यो देशमा संघीयता केका लागि आयो ?’

 

उनले विधेयक संघीयता खत्तम पार्न ल्याएको भन्दै आपत्ति जनाए । यादवले मुख्यमन्त्रीहरूले पटक–पटक प्रधानमन्त्रीलाई भेटेर आफ्नो अधिकार र आत्मनिर्णयदेखि शासन प्रशासनको कुरा राखेको स्मरण गरे। उनले संघीयता सिध्याउने खेल समाप्त पार्नुपर्ने तर्क गरे ।


थप समाचार

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 12 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

  • 14 minutes ago
भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

  • 15 minutes ago
अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

चितवन । जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?