IIMS College

ISMT

HUB Education

गुठी विधेयकलाई लिएर संसदमा प्रधानमन्त्रीकै राजीनामा माग

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गलत विधेयक फिर्ता लिनु बहादुरी नभएको टिप्पणी गरेका छन् ।

 

संसदमा भइरहेको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै गच्छदारले गलत विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । 

 

‘गल्ती विधेयक ल्याएकोमा, संविधान विरोधी विधेयक ल्याएको प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ’, नेता गच्छदारले भने, ‘मन्त्रीसँगमात्र छलफल गरेर हुन्छ । सरोकारवाला, विपक्षीसँग छलफल परामर्श गर्नु पर्दैन ? यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता गर्यौं । फिर्ता गर्नु बहादुरी होइन ।’

 

जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको भन्दै उनले विधेयक ल्याउनु अगाडि नै त्यसबारे गृहकार्य गर्नुपर्थ्यो कि पर्दैनथ्यो भन्दै प्रश्न गरे । संसदभित्रमा प्रतिपक्षलाई बोल्न नदिएर सत्तापक्षले असहिष्णु व्यवहार देखाएको उनले आरोप समेत लगाए ।


थप समाचार

मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

  • 8 minutes ago
मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

एजेन्सी । सन् २०१८ डिसेम्बारमा म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका प्रशिक्षक जोसे मोउरिन्होलाई टोटनहम क्लबले सफलता पाउने विश्वास गर्दै प्रशिक्षक पदमा नियुक्त गरेको छ ।

कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

  • 13 minutes ago
कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

परासी । तुरिया सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।प्रदेश नं ५ सरकारको ठूलो लगानीमा पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीमा तुरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भए

पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

  • 21 minutes ago
पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

रौतहट । समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार पहाडी मुलका नागरिकको विकास र समृद्धिको लागि मात्रै लागिपरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्ट



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।