IIMS College

ISMT

HUB Education

विधेयक पारित गर्ने बेलामा संसद्मा गणपुरक संख्या नपुगेपछि...

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेका कारण बिहीबारकाे प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगन हुनपुग्याे । विधेयक पारित गर्न बसेकाे बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक केही समयकाे लागि स्थगित गर्नुपरेकाे हाे ।

 

संविधानको धारा ९४ अनुसार विधेयक पारित गर्न बैठकमा एक चौथाइ अर्थात् ६९ सदस्य आवश्यक पर्दछ । तर आजको बैठकमा ४१ जना सदस्य मात्र उपस्थित थिए ।

 

सांसद देवप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्न गणपूरक सङ्ख्या नपुगेको भनी बैठकमा आपत्ति जनाएका थिए ।

 

दुई विधेयक पारित

 

प्रतिनिधिसभाको आजको बैठकले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७६’ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आजको बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

 

यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, मेटमणि चौधरी र भरतकुमार शाहले भाग लिँदै निर्यात र आयातबीच सन्तुलन कायम गरी नेपालको व्यापार घाटा कम गर्न सुझाव दिएका थिए ।  

 

नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको अवस्थामा विधेयक चाँडै आउनुपर्दथ्यो भन्नुहुँदै उहाँहरुले वस्तु आयातमा कडाइ गर्न सुझावसमेत दिए । 

 

साथै स्वदेशी उद्योगलाई विधेयकबाट अप्ठ्यारो पर्न नदिन सरकार सचेत बन्न सांसदले सरकारसित आग्रह गरे । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सरकारले स्वदेशी उद्योगको संरक्षणमा ध्यान दिएको बताए ।

 

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गरे । प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते आइतबार बिहान ११ बजे बस्नेछ । 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 8 hours ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 8 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 10 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।