IIMS College

ISMT

HUB Education

संसदमा उठ्याे न्यायाधीशलाई महाअभियाेग लगाउनुपर्ने माग

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । 

 

सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताए । उनले त्यस्ता न्यायाधीशलाई संसद्ले महाअभियोग लगाउनुपर्ने धारणा राखे ।   

 

सांसद विमला नेपालीले महँगी र भीमसेनदास प्रधानले डेङ्गु रोगको नियन्त्रण गर्न जनस्तरमा  सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरे । 

 

सांसद मनकुमारी जिसीले एड्स रोगीलाई बीमा कम्पनीले विभेद गरेको बताइन् भने महेश्वरजङ्ग गहतराजले सडकमा गाईगोरु छाडा छोड्नाले कारवाही गर्न माग गरे ।

 

सांसद मायादेवी न्यौपाने, मीनाक्षी झा र मैनाकुमारी भण्डारीले महिला तथा बालिकामाथि हुने यौन हिंसा र मुलुकमा शान्ति सुरक्षा कायम राख्न सरकारको ध्यानाकर्षण गरिन् । 

 

सांसद यज्ञराज सुनुवार, यशोदा सुवेदी, राधा ज्ञवाली, रानी मण्डल, राजबहादुर बुढा, रेखाकुमारी, भरतकुमार शाह र रेणुकाकुमारी गुरुङले पनि समसामायिक विषयमा आआफ्नो धारणा राखेका थिए । 

 

तेजाब हान्नेलाई कारबाही माग

 

विशेष समयमा सांसदले पछिल्लो समयमा किशोरी र महिलामाथि तेजाब आक्रमणका घटना बढ्दै गएकाले त्यसबारे विस्तृत अध्ययन गरेर समाधान खोज्न सरकारसँग माग गरे । 

 

सांसदले सिरहा र सप्तरीलगायत देशका विभिन्न स्थानमा किशोरी र महिलामा तेजाब आक्रमण बढ्दै गएको भन्दै दोषीमाथि कडा कारवाही गर्दै सुरक्षाको माग गरे । 

 

सांसद पुष्पाकुमारी कर्णले यही भदौ २० गते वीरगञ्जमा एक किशोरीमाथि आक्रमण गर्ने दोषीलाई कडा कारवाही गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । 

 

उनले पछिल्लो समयमा पहिलामाथि हुने हिंसाका घटना झन्झन् बढ्दै गएकाले त्यसको अन्त्यका लागि पहल गर्न सरकारसँग माग गरे । सांसद सुरेशचन्द्र दासले मुलुकका विभिन्न स्थानमा भएको हत्याहिंसा अन्त्य गर्दै दोषीमाथि कारवाही हुनुपर्ने बताए ।

 

सांसद नवराज सिलवालले सामाजिक सञ्जालको दुरुपयोग र विकृति बढ्दै गएकाले त्यसलाई रोक्नुपर्ने माग गरे । जनताको सेवाको लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए । 

 

सांसद खगराज अधिकारीले भ्रष्टाचारको अन्त्य गर्दै गरीबी निवारणका लागि सरकार र प्रतिपक्ष दललागयत सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताए । उनले एनसेलको लाभांश नेपाली जनाताले पाउनुपर्ने माग गरे । 

 

सांसद अनिलकुमार झाले तराईका विभिन्न स्थानमा आएको बाढीका कारण जनता आक्रान्त बनेकाले त्यसको ठोस र दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । 

 

सांसद विमलप्रसाद श्रीवास्तवले भारतको काश्मीरमा भएको समस्याबारे नेपालले प्रष्ट धारणा राख्नुपर्ने बताए । उनले पर्यटन वर्ष सफल बनाउनका लागि प्रवेशाज्ञा प्रक्रियालाई सहज र छरितो बनाउनुपर्नेमा जोड दिए ।

 

सांसद प्रेम सुवालले नेपालमा देखा परेको डेङ्गु रोगथामका लागि सरकारले चालेको कदमबारे सरकारको जवाफको माग गरे । सांसद पार्वता डिसी चौधरीले एनसेल प्रकरणबारे पछिल्लो पटक सर्वोच्च अदालतले गरेको फैसलापछि समग्र न्यायालयप्रति नै जनताको वितृष्णा फैलिएको बताइन् ।   

 

सांसद आशाकुमारी विकले भ्रमण वर्षको तयारीले सुदूरपश्चिमलाई किन छुन सकेको छैन  भन्दै सरकारलाई प्रश्न गरिन् । सांसद अभिषेकप्रताप शाहले कञ्चनपुर र कपिलवस्तुका किसान आन्दोलनमा रहेका बारे सरकारको ध्यानाकर्षण गराए । 

 

सांसद रङ्गमती शाहीले जुम्लाका स्याउले बजार नपाएका बारे सरकारको ध्यानाकर्षण गराइन् । सांसद इन्दुकुमारी शर्माले जलेश्वर कारागारको भौतिक संरचनाको पुनःसंरचना गर्नुपर्ने माग गरिन् । 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 8 hours ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 8 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 10 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।