प्रतिपक्षी दलका सांसद भन्छन् : निर्मला पन्तकाे हत्यारालार्इ सरकारले नै बचाउन खाेज्याे

फाइल फाेटाे
Education Park

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई जोगाउने काम सरकारले नै गरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले आरोप लगाएका छन् ।

 

बिहीबारको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्ने कांग्रेसका सांसदहरुले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संग्लग्न मुख्य अभियुक्तलाई बचाई दोषी भनेर अर्को व्यक्ति उभ्याउने काम गरेको आरोप लगाएका हुन् ।

 

बैठकमा सांसद मिनबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनुको सट्टा सरकारले दोषी उम्काई सुस्त मनस्थितिका व्यक्तिलाई ल्याएर यिनै हुन् अभियुक्त भनेर जनतालाई ढाँट्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

 

सांसद मिना पाण्डेलेले निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने प्रयास भइरहेको भन्दै बलात्कार र हत्याजस्तो जघन्य अपराधलाई राजनीतिकरण नगरी निश्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

 

बैठकमा सासद रंगमति शाहीले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही गर्नुपर्छ भन्ने आवाज उठाउने जनतामाथि सरकारले थप दमन गर्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराईन् । 

 

सत्तारुढ दलकै सांसदहरुले पनि मुलुकभर बलात्कार र हत्याजस्ता घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका मृत्युदण्ड दिने व्यवस्था संविधानमा नै गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

 

सांसद मैनाकुमारी भण्डारीले निर्मला पन्तको हत्याबारेको यथार्थ अनुसन्धान गरि दोषीलाई कारवाही गर्न सभामुखको ध्यानाकर्षण गराइन् । सांसद राधा ज्ञवालीले संविधान संशोधन गरि बालिका बलात्कार गर्ने अभियुक्तलाई मृत्युदण्ड हुने प्रावधानको व्यवस्था गर्न माग गरिन् ।


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 8 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 8 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 8 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।