Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKधरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स– लण्डनको सम्मान

धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स– लण्डनको सम्मान


लण्डन। धरान उप–महानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ्ग)ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश–विदेशबाट वाहवाही पाएसँगै ‘वर्ल्ड बुक अफ रेकर्ड्स– लण्डन’ले समेत कदर गरेको छ।

मेयर साम्पाङ्गले यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स– लण्डन’ले उक्त कार्यको मान्यता सहित कदर गर्दै सम्मान गरेको छ।

शुक्रबार धरान उप–महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स– लण्डन’का नेपाल प्रमुख सागर कटुवाल, नेपाल मानब धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाईजी, गायक निर्णय श्रेष्ठ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्त रुपमा उक्त कदर पत्र हस्तान्तरण गरेका थिए।

‘वर्ल्ड बुक अफ रेकर्ड्स– लण्डन’को कदरपत्र पाएपछि प्रफ्फुलित हुदै मेयर हर्क साम्पाङ्गले आफुले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मुल्यांकन हुँदा अझै काम गर्ने जोश थपिने बताउँदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए।

‘वर्ल्ड बुक अफ रेकर्ड्स– लण्डन’का नेपाल प्रमुख सागर कटुवालले मेयर साम्पाङ्गको कार्यहरु नियालिरहेको र वहाँको प्रेरणादायी श्रमसंस्कृतिले धेरै नै प्रभाव पारेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT