पर्साको स्थानीय तहमा एक अर्ब ५५ लाख रकम बेरुजु

वीरगञ्ज । दुई दशकपछि स्थानीय तहमा आफैले चुनेका जनप्रतिनिधिले गाउँको विकास गर्ने अपेक्षा मतदाताले लिएका थिए । तर जनप्रतिनिधिमा देखिएको अन्योल, समस्या र बजेटमाथिको गिद्धेदृष्टिका कारण प्रदेश नम्बर २ को पर्सा जिल्लामा रहेको स्थानीय तहमा भने जनअपेक्षाअनुसार बजेट खर्च हुनसकेको छैन । 

 

सिंहदरबारको अधिकार स्थानीय तहमा बाँडिए पनि विकासप्रति उत्तरदायी हुन नसक्दा पर्सामा रु. १ अर्ब ५५ लाख ८८ हजार बेरुजु भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको छ । 

 

स्थानीय चुनावपछि जितेर आएका जनप्रतिनिधिबीच देखिएको आपसी वैमनस्यको प्रत्यक्ष असर विकास निर्माणमा परेको गुनासो पर्साका दुर्गम ठोरी गाउँपालिका–५ सुवर्णपुरका सामाजिक अभियानकर्मी चन्द्रबहादुर श्रेष्ठले गरे । 

 

उनले भने, ‘सङ्घीय सरकारले स्थानीय तहलाई भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, महिला विकास, समाजिक सुरक्षा योजना अनुगमन लगायतका जिम्मेवारी प्रदान गरे पनि दरबन्दीअनुसारको दक्ष कर्मचारी अभावमा विकासे योजना कार्यान्वयन नहुँदा बेरुजु बढ्न गएको छ ।’ 

 

पर्सामा बेरुजु भएको रकममध्ये वीरगञ्ज महानगरपालिकामा रु. ५१ करोड २२ लाख, पोखरिया नगरपालिकामा रु. दुई करोड ९१ लाख, बहुदरमाई नगरपालिकामा रु. पाँच करोड ५२ लाख, पर्सागढी नगरपालिकामा रु. पाँच करोड आठ लाख बेरुजु भएको देखिन्छ । 

 

यसैगरी पर्साका गाउँपालिकामा भएको बेरुजुको तथ्याङ्कलाई हेर्ने हो भने ठोरी गाउँपालिकामा रु. चार करोड ५० लाख, जगरनाथपुर गाउँपालिकामा रु. तीन करोड ५८ लाख, धोबिनी गाउँपालिकामा रु. चार करोड सात लाख, छिपहरमाई गाउँपालिकामा रु पाँच करोड १३ लाख, पकहामैनपुर गाउँपालिकामा रु. चार करोड ४५ लाख, विन्दवासिनी गाउँपालिकामा रु. चार करोड ५९ लाख, सखुवाप्रसौनी गाउँपालिकामा रु. चार करोड ६१ लाख, पटेर्वासुगौली गाउँपालिकामा रु. पाँच करोड नौ लाख तथा वीरगञ्ज महानगरपालिकामा गाभिएको तत्कालीन वेलवामा रु. चार करोड ६७ लाख बेरुजु देखिएको छ ।  

 

प्रदेश नं. २ को आठ जिल्लामध्ये पर्साका अधिकांश स्थानीय तहमा दरबन्दीअनुसारको कर्मचारी अभाव देखिएका कारण जनप्रतिनिधिका लागि योजना छनोट गर्ने काम चुनौतीपूर्ण देखिएकाले यस्तो अवस्था आएको निर्मलबस्तीका लालबहादुर श्रेष्ठको भनाइ छ । 

 

निर्वाचित जनप्रतिनिधिले बेरुजु रकम फर्छ्यौट गर्न नसकेको, बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिल भर्पाइ नराखेको, गाउँसभा र नगरसभाको निर्णयबेगर योजना सञ्चालन गरेको, नक्कली उपभोक्ता समिति गठन गरी ठेकेदारमार्फत काम गराएको, अनुगमन मूल्याङ्कन कमजोर भएको, सेवाप्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेको जस्ता त्रुटीका कारण विकासे बजेट बेरुजु भएको बताइएको छ । 

 

वीरगञ्ज महानगरपालिकामा मात्र देखिएको रु. ५१ करोड २२ लाख बेरुजुबारे जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले के–के शीर्षकमा बेरुजु भएको छ, त्यो बारे हेर्न बाँकी रहेकाले अहिले बेरुजुबारे केही भन्न नसकिने बताए । 

 

जनप्रतिनिधि नयाँ भएको र नगरसभा ढिलो भएकाले बेरुजु रकम बढ्नसक्ने पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले बताए । उनका अनुसार बेरुजु रकम पुरानो भएकाले त्यसलाई नयाँ योजनामा खर्च गरिने छ । 

 

जनप्रतिनिधिबीचको आन्तरिक किचलो, कर्मचारी व्यवस्थापन, नगर प्रमुख÷उपप्रमुखबीचको मनमुटावका कारण पछिल्लो रकम खर्च हुन नसक्दा विकास निर्माणको काम पछि धकेलिएको पर्सावासीको आरोप छ । पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् ।


थप समाचार

अनुहारमा बरफ दल्नुका फाइदा

  • 4 minutes ago
अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

  • 15 minutes ago
भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

काठमाडौं । डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

  • 16 minutes ago
मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

काठमाडौं । कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जना



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।