पर्वतमा अनौठो सर्प, गाँउले त्रसित

  • आइतबार, २४ भदौ, २०७५
  • 2 months ago
  • नेपाल
मिल्दोजुल्दो फोटो

पर्वत । अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । 

 

साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो । 

 

झण्डै साढे चार मिटर लम्बाइ रहेको कालो रङ्गको सर्प शनिबार दिउँसो देखिएको थियो । स्थानीय युवा राजेश सुवेदीका अनुसार ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर खाएको थियो । त्यसलगत्तै झाडीमा पसेको सर्प फेरि देखिएको छैन । 

 

गाउँमा अहिलेसम्म यत्रो ठूलो सर्प नदेखिएको र त्यसले अर्को सर्पलाई पनि खाएका कारण स्थानीय उक्त सर्पले बालबालिका र चौपायालाई पनि आक्रमण गर्छ की भन्ने डरले पिरोलिएका छन् । 

 

उनीहरुले उक्त सर्पको खोजी गरी नियन्त्रण गरिदिन जिल्ला वन कार्यालयलगायत प्रहरी प्रशासनसँग माग गरेका छन् । विषालु सर्प गाउँमा भित्रिएपछि जुनसुकै बेला पनि मानिस र पशु चौपायालाई आक्रमण गर्नसक्ने खतरा बढेको भन्दै नियन्त्रणका लागि माग गरिएको स्थानीय रामचन्द्र सुवेदीले बताउए । स्थानीयले अजिङ्गर हो कि भन्ने अनुमानसमेत गरेका छन् । 

 

यसअघि यस्तै प्रजातिको सर्प पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा पनि भेटिएको थियो ।


थप समाचार

सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

  • 12 minutes ago
सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

काठमाडौं । सन् २०१९ को भिभो इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपालका खेलाडी सन्दिप लामिछानेले दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । क्लबले बिहीबार जारी गरेको स्वाडमा नेपालका सन्दिप पनि परेका छन् । द

जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

  • 15 minutes ago
जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीलाई दिएको अभिव्यक्ति हो यो । बैठकको निर्णयबारे जानकारी लिन राति अबेरसम्म कुर

रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

  • 26 minutes ago
रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

एजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुक



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।