पासा पुचः साउथ ईस्टको अधिवेसन जुन १७ मा, नयां नेतृत्व चयन हुने

  • सोमबार, १४ जेष्ठ, २०७५
  • 6 months ago
  • युके
फाइल तस्बिर : पासा पुच: साउथ इस्ट लण्डनको सुशील प्रजापति नेतृत्वको वर्तमान कार्यसमिति २ वर्ष अघि निर्वाचित भएको थियो

 

 

लण्डन । पासा पुचः गुठी साउथ ईस्ट लण्डनको सातौं अधिवेसन आउंदो जुन १७ का दिन हुने भएको छ । अधिवेसनले आउंदो दुई वर्षका लागि नयां कार्यसमिति चयन गर्दैछ । 

 

प्लमस्टिड कमनस्थित वर्किङ मेन्स् क्लबमा दिउंसो १ बजेदेखि अधिवेसन सुरु गरिने कार्यक्रम छ । 

 

अधिवेसनमा सहभागी भएर नयां कार्यसमिति चयन प्रक्रियामा सहभागी हुन अध्यक्ष सुशिल प्रजापतिले सम्पुर्ण सदस्यहरुलाई आव्हान गरेका छन् । 

 

संस्थाका आजिवन सदस्यता तथा क्रियाशिल सदस्यता भएका सदस्यहरु र १८ वर्ष नाघेका उनीहरुका परिवारका सदस्यले मताधिकार पाउनेछन् । निर्वाचन प्रक्रियामा सहभागी हुनको लागि परिचय खुल्ने फोटो आईडी साथ उपस्थित हुन आव्हान गरिएको छ । 

 

नयां कार्यसमिति चयनका लागि बालमुकुन्द जोशी, कुमार श्रेष्ठ, जानकी कायस्थ, ओजेश सिंह, नागेन्द्र श्रेष्ठ, कपिल श्रेष्ठ, राजन मल्ल र रमेश श्रेष्ठलाई निर्वाचन अधिकृत तथा पर्यवेक्षकको जिम्मेवारी दिने निर्णय गरिएको छ । त्यस्तै, यसपटक कार्यसमितिको आकार घटाएर बढिमा १७ सदस्यीय बनाउने निर्णय पनि भएको छ । 

 

नयां कार्यसममितिमा रहेर काम गर्न इच्छुक सदस्यहरुले अधिवेसनकै दिन उम्मेदवारी दर्ताको लागि तोकिएको समयभित्र नगदमा उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ । अध्यक्षका लागि ५० पाउण्ड, उपाध्यक्षहरुको लागि ४५ पाउण्ड, महासचिवको लागि ४० पाउण्ड, सचिवको लागि ३५ पाउण्ड, कोषाध्यक्षको लागि ४० पाउण्ड, सहकोषाध्यक्षको लागि ३५ पाउण्ड , सांस्कृतिक सचिवको लागि ४० पाउण्ड, सहसांस्कृतिक सचिवको लागि ३५ पाउण्ड र कार्यसमिति सदस्यको लागि २५ पाउण्डको उम्मेदवारी शुल्क लाग्नेछ । 

 

अध्यक्ष , उपाध्यक्ष र महासचिवको उम्मेदवार बन्नको लागि यसअघि कार्यसमितिमा २ वर्ष काम गरिसकेको हुनुपर्नेछ भने अन्य पद तथा सदस्यको लागि क्रियाशिल सदस्य हुनुपर्नेछ । 

 


थप समाचार

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

  • 10 minutes ago
जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।

शेयर बजारमा झिनो सुधार

  • 17 minutes ago
शेयर बजारमा झिनो सुधार

काठमाडौँ । शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ ।

मुख्यमन्त्री पौडेलले भने– राजधानी तत्काल तोकिँदैन

  • 19 minutes ago
मुख्यमन्त्री पौडेलले भने– राजधानी तत्काल तोकिँदैन

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।