शनिबार लण्डनमा क्वाटी पुन्हीः मनाइंदै

  • बिहीबार, ३१ साउन, २०७५
  • 8 months ago
  • युके

 

लण्डन । नेवार समुदायले मनाउने मौलिक पर्व क्वाटी पुन्हीः बेलायतमा पनि मनाइने भएको छ ।

 

विगतका वर्षमा जस्तै पासा पुचः गुथि साउथ ईस्ट लण्डनले यसपटक यहि शनिबार अगस्ट १८ तारिखका दिन क्वाटी पुन्हीः तथा समर बारबीक्यू कार्यक्रम आयोजना गर्ने भएको हो । 

 

एबीउडस्थित लेकसाइड ओपन ग्राउण्डमा मध्यान्ह १२ देखि सांझ ८ बजेसम्मका लागि कार्यक्रम तय गरिएको छ । 

 

कार्यक्रममा सहभागिताका लागि आयोजक पासा पुचः साउथ ईस्टले बेलायतबासी सबै नेपालीहरुलाई आव्हान गरेको छ । 

अध्यक्ष सुशील प्रजापतिले भने, हाम्रो मौलिक पर्व मनाउने र समर गेट टुगेदरको कार्यक्रम हो । नेवार समुदाय मात्र नभएर गैर नेवार समुदायका हाम्रा साथीभाईहरुले पनि कार्यक्रममा भाग लिन सक्नुहुनेछ । 

 

सो दिनको मुख्य आकर्षणका रुपमा रहने क्वाटीका साथै अन्य विभिन्न परिकारहरु र दिनभर बारबीक्यू सञ्चालन हुने बताइएको छ । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरु, आउट डोर गतिविधी, चंगा उडाउने खेलका साथै आकर्षक पुरस्कारसहितका बिंगो र राफल ड्र पनि खेलाइनेछ । 

 

कार्यक्रममा सहभागिताका लागि अध्यक्ष सुशिल प्रजापतिलाई 07837846562 मा सम्पर्क गरेर नाम बुक गर्न आव्हान गरिएको छ । 

 

कार्यक्रममा प्रवेश शुल्कस्वरुप ६ देखि ११ वर्षसम्मका बालबालिकालाई ७ पाउण्ड तथा १२ वर्ष माथिका सबैलाई १५ पाउण्ड लाग्नेछ । ६ वर्ष  मुनिका बालबालिका र ६५ वर्ष माथिका बृद्धबृद्धाहरुको लागि भने निशुल्क प्रवेश दिइनेछ । 

 

 

 


थप समाचार

भारतमा बनेकाे न्यून चापीय रेखाका कारण देशभरकाे माैसम बदली

  • 4 minutes ago
भारतमा बनेकाे न्यून चापीय रेखाका कारण देशभरकाे माैसम बदली

काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

  • 9 minutes ago
तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ ।

काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

  • 19 minutes ago
काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले नेपाली काँग्रेसको लोकतन्त्रिक छविमाथि प्रश्न उठाएका छन् । पार्टी स्थापना दिवसको ७० औँ वर्षगाँठका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।