पासा पुचः गुथि साउथ ईस्ट लण्डनमा फेरि सुशील

  • सोमबार, ४ आषाढ, २०७५
  • 6 months ago
  • युके

लण्डन । पासा पुचः गुथि साउथ ईस्ट लण्डनको नेतृत्व फेरि सुशील प्रजापतिकै कांधमा आएको छ । आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनले यसअघिकै अध्यक्ष प्रजापतिकै अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको छ । १७ सदस्यीय नयां कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । 

 

नयां कार्यसमितिको उपाध्यक्षहरुमा माधवलाल श्रेष्ठ, मदन श्रेष्ठ र रिता श्रेष्ठ चुनिएका छन् भने महासचिवको जिम्मेवारी नगेन्द्र श्रेष्ठले पाएका छन् । त्यस्तै, सचिवमा भिमलक्ष्मी शाक्य, सांस्कृतिक सचिवमा विनोद चिपालु, सांस्कृतिक सचिवमा सत्य प्रजापति, कोषाध्यक्षमा दुर्गाप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षमा सोनी श्रेष्ठ चयन भए । 

 

कार्यसमिति सदस्यहरुमा दानमाया महर्जन, ईश्वर महर्जन, रमेश जोशी, कृष्ण वैद्य र राजकुमार शाक्य आएका छन् भने केहि सदस्यहरु पछि मनोनित हुने बताइएको छ । 

 

नवनिर्वाचित  कार्यसमिति 

 

पछिल्लो २ वर्षे कार्यकालमा संस्थाका लागि तारिफयोग्य कामहरु गरेका अध्यक्ष प्रजापतिलाई पुनः नेतृत्व लिन आग्रह गरिएपछि सर्वसम्मतिमा कार्यसमिति बनाइएको  हो । नयां कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सदस्यसचिव डा सचेतन तुलाधरले शपथ ग्रहण गराएका थिए ।नयां कार्यसमिति चयन गराउनका लागि कपिल श्रेष्ठ संयोजक र डा सचेतन श्रेष्ठ सदस्यसचिव तथा  ओजेश सिंह र जानकी कायस्थ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो भने संयुक्त श्रेष्ठ र रमेश श्रेष्ठलाई पर्यवेक्षकको जिम्मेवारी दिइएको थियो । 

 

दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित प्रजापतिले संस्थाले विगतमा गरेका सबै कार्यक्रमलाई निरन्तर राख्दै बेलायतमा नेवाः संस्कृति, परम्परा र भाषाको प्रबद्र्धन तथा विकासका लाथि थप कार्यक्रमहरु गर्ने प्रतिबद्धता गरेका छन् । 

 

यसअघि संस्थाको सातौं अधिवेसधनमा महासचिव नगेन्द्र श्रेष्ठको वार्षिक  प्रतिवेदन तथा कोषाध्यक्ष बुद्धि श्रेष्ठको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । प्रमुख अतिथी पासा पुचः गुथि यूकेका अध्यक्ष कुमार श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए भने चुत्रबाहदुर श्रेष्ठले हेल्थ एण्ड सेफ्टी ब्रिफिङ तथा नगेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । 

 

 

मिसेस नेपाल युनिभर्स विजेता मनिषा डंगोल श्रेष्ठ र नेपाल भाषाकी पत्रकार तथा अभियन्ता लक्ष्मी शाक्यलाई सम्मान गरिएको थियो । 

 

त्यसअवसरमा पासा पुचः गुथि लण्डन शाखा अध्यक्ष कपिल श्रेष्ठ, रेडिङ्ग शाखा अध्यक्ष रमेश श्रेष्ठ ,  पासा पुचः गुथि यूके केन्द्रीय समितिका उपाध्यक्षहरु ओजेश सिंह र जानकी कायस्थ, पूर्व उपाध्यक्ष संयुक्त श्रेष्ठ, कार्यसमिति सदस्य डा सचेतन तुलाधर, पासा पुचः  साउथ ईस्ट लण्डनका पूर्व अध्यक्षहरु देवेन्द्र श्रेष्ठ, मनिषकुमार श्रेष्ठ र चुत्रबहादुर श्रेष्ठ, सल्लाहकारहरु दिपक श्रेष्ठ, अमर मल्ल, सचिन श्रेष्ठ, जोन नकमी, विजय बज्राचार्य, कुमार जोशी लगायतका अतिथीहरु उपस्थित थिए । 

 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 42 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 50 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 1 hour ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।