लण्डनको पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व चुन्ने तयारी

  • मंगलबार, ७ जेष्ठ, २०७६
  • 3 weeks ago
  • युके
Education Park

 

लण्डन । साउथ ईष्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन हुने भएको छ । 

 

आउँदो जुन महिनाको २३  तारिखमा हुने अधिवेसनले आउँदो २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने भएको हो । आइतबार सम्पन्न मन्दिर व्यवस्थापन समिति तथा ट्रस्टीहरुको बैठकले अधिवेसनको तिथि तय गरेको थियो ।  

 

अधिवेसनको तयारीको लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीको अध्यक्षतामा एक तयारी समिति समेत गठन गरिएको छ । जसमा संस्थापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्ष बालजंग अर्याल, वर्तमान कार्यसमितिका महासचिव दासुराम पाण्डे र पूर्व महासचिव अर्जुन गौतम सदस्य छन् । 

 

त्यस्तै, नयाँ कार्यसमिति चयनको लागि संस्थापक अध्यक्ष होम शर्माको संयोजकत्वमा ट्रस्टीहरु फडिन्द्र भट्टराई र विनोद ज्ञवाली सदस्य रहेको निर्वाचन समिति गठन भएको छ । 

 

ट्रस्टी बोर्डका संयोजक कर्ण शाहीको संयोजकत्वमा ट्रस्टीहरु फत्त थापा र यादव भण्डारी सदस्य रहेको विधान समिति समेत गठन गर्ने निर्णय बैठकले गरेको छ ।

 

आगामी अधिवेसनसम्बन्धी बिस्तृत जानकारीसहितको सुचना छिट्टै सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिका महासचिव दासुराम पाण्डेले  बताएका छन् । 

 

बैठकमा मन्दिरमा पुजारीको नियमित व्यवस्थापन लगायतका अन्य विषयहरुमा समेत छलफल गरिएको थियो । 

 

डेढ दशकअघि स्थापित यो मन्दिरलाई नेपालीहरुकै पहलमा बनेको युरोपकै पहिलो मानिन्छ । 

 


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 7 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 12 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 23 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।