च्यारिटी कार्यक्रमको तयारीमा जुट्यो लण्डनको पशुपतिनाथ मन्दिर

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 3 months ago
  • युके

 लण्डन । लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले आउंदो जुलाई महिनाको ८ तारिखमा गर्ने च्यारिटी कार्यक्रमको लागि तयारी सुरु गरिएको छ । 

 

गत आइतबार मन्दिर परिसरमा सम्पन्न मन्दिरको ट्रस्टी बोर्ड तथा कार्यसमिति बैठकले च्यारिटी कार्यक्रम तयारीका सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ ।

 

च्यारिटी कार्यक्रमलाई सफल पार्ने उद्धेश्यले विभिन्न तयारी उपसमितिहरु बैठकले गठन गरेको छ । जसअनुसार पत्रकार फडिन्द्र भट्टराईको संयोजकत्वमा दिपक श्रेष्ठ र फत्त थापा सदस्य रहेको प्रचारप्रसार समिति गठन गरिएको छ । त्यस्तै, नरेन्द्र कंडेलको संयोजकत्वमा पशुपति भण्डारी, मोहन गुरुङ, बालजंग अर्याल, होम शर्मा र सरिता पौडेल सदस्य रहेको अतिथी सत्कार समिति बनाइएको छ । 

 

गोपाल अर्यालको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको छ । जुन समितिमा यादव भण्डारी, गणेश बास्तोला र विष्णु ज्ञवाली सदस्य छन् । 

 

त्यसैगरी, खाना व्यवस्थापनका लागि पण्डित निलहरि घिमिरेको संयोजकत्वमा गोपाल अर्याल र रोमनाथ पाण्डे सदस्य रहेको छुट्टै समिति गठन गरिएको छ । बैठकले सांस्कृतिक कार्यक्रम तथा हल सजावटका लागि विनोद ज्ञवालीको संयोजकत्वमा विष्णु ज्ञवाली सदस्य रहेको समिति बनाएको छ भने पार्किङ व्यवस्थापनको संयोजन गर्ने जिम्मा सुरज केसीलाई लगाइएको छ । 

 

वुल्वीचस्थित स्वामीनारायण मन्दिरमा आयोजना हुने यो च्यारिटी कार्यक्रमको संयोजक डा अच्युत धिताल छन् । 

 

बैठकले ट्रस्टी बोर्डको संयोजकमा आउंदो ६ महिनाको लागि कर्ण शाहीलाई नियुक्त गर्ने निर्णय पनि गरेको  छ । 

 

मन्दिरको भवन अहिलेसम्म केहि ट्रस्टीहरुकै नाममा रहेकाले अब त्यसलाई मन्दिरकै नाममा नामसारी गर्ने प्रक्रिया अघि बढाउन अध्यक्ष गिरीको संयोजकत्वमा बालजंग अर्याल, फत्त थापा, कर्ण शाही र यादव भण्डारी सदस्य रहेको समिति गठन गरिएको छ । 

 

मन्दिर व्यवस्थापन समितिका महासचिव दासुराम पाण्डेले सञ्चालन गरेको बैठकको अध्यक्षता अध्यक्ष सहदेव गिरीले गरेका थिए ।

 

बैठकमा समितिका उपाध्यक्ष नरेन्द्र कंडेल, सचिव गणेश बांस्तोला, कोषाध्यक्ष गोपाल अर्याल, संरक्षक पण्डित निलहरि घिमिरे, संस्थापक अध्यक्ष होम शर्मा र निवर्तमान अध्यक्ष बालजंग अर्याल, ट्रस्टीहरु कर्ण शाही, पशुपति भण्डारी, फत्त थापा, डा अच्युत धिताल, अर्जुन गौतम, अनिल आचार्य, दुर्गा शेरचन, मोहन गुरुङ, रोमनाथ पाण्डे, यादव भण्डारी, सुरज केसी, दिपक श्रेष्ठ, फडिन्द्र भट्टराई, मोती भण्डारी र जीवन वाग्ले तथा कार्यसमिति सदस्यहरु विष्णु ज्ञवाली र सरिता पौडेलको उपस्थिति थियो । 

 

च्यारिटी कार्यक्रमबाट डेढ लाख पाउण्डको कोष संकलन गरेर मन्दिरको भवनलाई फ्रि होल्ड गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा एनआरएनका  केन्द्रीय अध्यक्ष भवन भट्टसहित जीवा लामिछाने, कुमार पन्त लगायतका केन्द्रीय नेताहरुलाई पनि आमन्त्रण गरिदैछ । 

 


थप समाचार

के अब अश्लील वेबसाइट बन्द होलान् ?

  • 15 minutes ago
के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडौं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला ? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेल

नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

  • 18 minutes ago
नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

काठमाडौं । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्।

पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

  • 37 minutes ago
पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

काठमाडौं । नेपालमा पाटे बाघको संख्या बढेको छ, विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ थपिएका छन् । संख्या बढेसँगै मुलुकका प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ३५ पुगेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।