लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

  • बुधबार, ३१ असोज, २०७५
  • 8 months ago
  • युके
फाइल तस्विर : लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर
Education Park

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

 

मंगलबार सांझ मन्दिरमा आयोजित विशेष समारोहबीच विधिपूर्वक फूलपाती भित्र्याइएको हो । 

 

 मन्दिरमा भित्र्याउनुअघि पुजारीहरुले फूलपाती डोलीमा चढाएर शंख , घण्ट बजाउंदै मन्दिर परिक्रमा गराएका थिए ।

 

फूलपातीसहितको डोली परिक्रमा गराइंदा नवकन्यालाई अघि लगाइएको थियो । मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, ट्रस्टी तथा स्थानीय नेपाली भक्तजनहरु पनि उक्त अवसरमा सहभागी थिए । 

 

विधिपूर्वक मन्दिरमा फूलपाती भित्र्याइसकेपछि सहभागीहरुले झण्डै ३ घण्टासम्म मन्दिरमा भजनकृतन र नाचगान गरेका थिए । 

 

 

सोहि अवसरमा नेपालबाट आएका पण्डित अनन्त भट्टराईले पशुपतिनाथ मन्दिरलाई वेदको पुस्तक हस्तान्तरण गरेका थिए । 

 

यसअघि नवदुर्गाको आरम्भसंगै मन्दिरमा पण्डितहरु  निलहरि घिमिरे, दधिराम काफ्ले लगायतको विशेष सक्रियतामा दैनिक नवदुर्गा पूजा, चण्डी पाठ र आरती लगायतका कार्यक्रम हुंदै आएका छन् ।

 

शुक्रबार विजया दशमीको दिनमा पनि मन्दिरमा सामुहिक टिका जमरा वितरणको कार्यक्रम छ ।

 

हेरौं फूलपातीका थप तस्विरहरु ( सौजन्य : मञ्जु भण्डारी / विद्या भट्टराई ) :

 

 


थप समाचार

माइतीघर मण्डला त साँच्चिकै माइतीघरजस्तै भयो : प्रधानमन्त्री ओली

  • 49 minutes ago
माइतीघर मण्डला त साँच्चिकै माइतीघरजस्तै भयो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चिकै माइतीघरजस्तै भएको भन्दै सरकारका विरोधीहरूलाई कटाक्ष गरेका छन् । मंगलबार साँझ सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै

सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लियो

  • 1 hour ago
सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लियो

काठमाडौँ । आन्दोलन चर्किदै गएपछि सरकार गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको बताएकी हुन् । युरोप

मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा सत्रको मृत्यु

  • 1 hour ago
मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा सत्रको मृत्यु

जाकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको छ । वरिष्ठ उद्धारकर्ताले मङ्गलबार उक्त जानकारी दिएका छन् । यस दुर्घटनाबाट ३



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।