IIMS College

ISMT

HUB Education

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • सोमबार, ९ आषाढ, २०७६
  • 4 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार चार्ल्टनमा सम्पन्न  मन्दिरको तेस्रो अधिवेसनले आउंदो २ वर्षे कार्यकालका लागि  नयाँ कार्यसमिति चयन गरेको छ । 

 

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन् । 

 

कार्यसमिति सदस्यहरुमा कृष्ण खरेल, रामकृष्ण अर्याल, दिनेश खरेल, मुना खरेल सापकोटा र भोजराज कँडेल चुनिएका छन् । त्यसैगरी ६ जना कोअप  सदस्यमा माया केसी, मञ्जु गौतम, सुनिता थापा, उदय लम्साल,  माधवलाल श्रेष्ठ र कृष्ण भण्डारी  लाई मनोनित गरिएको छ । 

 

नवनिर्वाचित कार्यसमितिको घोषणा निर्वाचन समितिका संयोजक एवम संस्थापक अध्यक्ष होम शर्मा र सदस्य एवम् ट्रस्टी विनोद ज्ञवालीले गरेका थिए । संयोजक शर्माले सपथग्रहण गराएका थिए । 

 

 

त्यसअवसरमा नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्ष बालजंग अर्याल , संरक्षक पण्डित निलहरि घिमिरे र ट्रस्टीहरु कर्ण शाही, रोमनाथ पाण्डे, सरिता पौडेल, यादव भण्डारी, फत्त थापा लगायतले बधाई तथा सफलताको शुभकामना दिएका थिए । 

 

त्यस्तै, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, उपेन्द्रराज शास्त्री, प्रेम गैरे, एलएन पाण्डे, रेशम अर्याल, कृष्ण खरेल, टंक कँडेल, केदार थपलिया, वासु शर्मा सहित विभिन्न संघसंस्थाका प्रतिनिधि समेतले शुभकामना मन्तव्य राखेका थिए । उपेन्द्रराज शास्त्रीले मन्दिरको लागि १ हजार पाउण्डको सहयोग घोषणा समेत गरेका थिए । 

 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीको अध्यक्षतामा सम्पन्न अधिवेसनको सुरुमा पण्डितहरु निलहरि घिमिरे, दधिराम काफ्ले, आनन्द लोहनी र सुनिल पण्डितले 'स्वस्ति वाचन' गरेका थिए । 

 

निवर्तमान कार्यसमितिका सचिव दासुराम पाण्डेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गोपाल अर्यालको आर्थिक प्रतिवेदन र विधान समितिका संयोजक कर्ण शाहीको विधान संशोधनको प्रस्ताव छलफल र सामान्य संशोधनहरुसहित पास गरिएको थियो । 

 

 


थप समाचार

बालुवाटारमा सत्तारूढ नेकपाकाे सचिवालय बैठक सुरू

  • 2 minutes ago
बालुवाटारमा सत्तारूढ नेकपाकाे सचिवालय बैठक सुरू

काठमाडौँ । सत्तारुढद दल नेपाल कम्युस्टि पार्टी (नेकपा) सचिवालय बैठक सुरू भएको छ । मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल गर्न बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

सच्याउँदै एनआइसी एशिया बैंकले जारी गर्यो अर्को प्रेस विज्ञप्ति

  • 10 minutes ago
सच्याउँदै एनआइसी एशिया बैंकले जारी गर्यो अर्को प्रेस विज्ञप्ति

काठमाडौं । विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकद्धारा मिति मंसिर ३, २०७६ मा जारी गरीएको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’

यी दुई मन्त्रीले भनेः हामीलाई मन्त्रीपदबाट हटाइने निश्चित

  • 29 minutes ago
यी दुई मन्त्रीले भनेः हामीलाई मन्त्रीपदबाट हटाइने निश्चित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषदमा हेरफेर गर्ने पक्का भएसँगै केही मन्त्रीहरुले यसबारे मुख खोल्न थालेका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।