आज अत्ति नै माया लाग्छ पासपोर्टको !

किशोरावस्थाको कुन स्मृति पहिलो हो भन्ने कुराले सायद हामी सबैलाई सताइरहन्छ होला । मेरो पहिलो स्मृतिको रुपमा २०६६ सालमा १० कक्षा पास गर्ने बित्तिकै  बुबाले एउटा क्लियर ब्याग ल्याई दिनुभयो । र, भन्नूभयो– ‘तेरा सबै कागजपत्र अब यहि ब्यागमा सम्हालेर राखेस् ।’

 

म यही दिनलाई सम्झिन चाहन्छु । घरबाट बिदाई गर्दाको पल सम्झिन्छु । आज जतिबेला उच्च शिक्षाको लागि मेरो गन्तव्य बुटवल थियो । म स्कुल लेभलमा त्यति नराम्रो विद्यार्थी थिइन् । 

 

एसएलसीमा पनि राम्रो अंक ल्याएर पास भएकाले बुवाआमाले के पढ्ने भनेर सोधिरहँद म ईन्जिनियर बन्छु भनेर घरबाट हिँडे । साइन्स पढ्छु सोचेर हिँडेको म पछि गएर मैले ३ बर्षे सिभिल ओभरसियरको प्रवेशिका परिक्षा दिए । नाम निस्केपछि मेरो यात्रा ओभरसियर बन्ने भयो ।

 

मलाई त्यसअघिका धेरै घटना याद छैन् । म ओभरसियर पनि पास भए । त्यसपछिको मेरो यात्रा काठमाडौं भयो । म ब्याचलर पढ्न सुरू गरे । यहि बिचमा मैले जागिर गर्न सोचे र मलाई बुबाले दिनुभएको क्लियर ब्यागको सदुपयोग गरिरहेको थिएँ, डिप्लो सकिँदासम्म क्लियर ब्याग भरिँदै गयो । 

 

सुरुमा अल–अलि मात्र माया लाग्ने क्लियर ब्यागको झन माया लाग्दै गयो । ब्याचलर गर्दासम्म त, मोटाएर फुट्लाझै भएको थियो, मेरो क्लियर ब्याग । मेरो  मेहनतले भुक्क फूलेको मेरो क्लियर ब्याग मलाई, प्राण भन्दा प्रिय लाग्थ्यो । मैले भबिष्य, सपना अनि खुसीहरु जोगाएको झै भान गराउँथ्यो । 

 

त्यसपछि म क्लियर ब्याग बोकेर धाउन थाले, मैले क्लियर ब्यागसँग सजाएका सपनातिर । सामान्य रुपमा भन्दा जागिर खोज्नतिर, कमाउनतिर । प्राईभेटले पावर खोज्यो, सरकारीले जात । म अचम्ममा परे, कसैले मेरो क्लियर ब्यागको खबर सोधेनन् । 

 

एकदुई ठाउँ केही न सोधेपनि बोलाउन खोजे तर मनले मानेन् । मेरो क्लियर ब्यागको भारभन्दा निकै नै कम थियो उनीहरुको मोल । म बिरक्तिए । मलाई क्लियर ब्यागको माया लाग्न छाड्दै थियो ।

 

त्यहि पनि पासपोर्ट राखेर क्लियर ब्यागलाई एकपल्ट भर्न मन लाग्यो । त्यसै गरे पनि । दरो झगडा गरेछन्, पासपोर्ट र शैक्षिक कागजपत्रको अन्ततः । उचालेर पछारीदियो एउटा पासपोर्टले, सयौं काजगलाई । 

 

अन्तिममा, आज म बिदेशमा छु ।  मलाई पहिले–पहिले विदेश भनेपछि खासै रहर लाग्थेन् तर आज म यहि विरानो ठाउँमा आफ्ना संघर्षका दिनहरू बिताईरहेको छु ।

 

हामी नेपाली नेपालमै केहि गर्नपर्छ भन्छौं, तर अखिर एक न एक दिन सबै बिदेसिएकै छौं । यो पासपोर्ट बोकेर, मेरो क्लियर ब्याग होला कतै सिरानी मुनि । म जस्ता धैरे छन् यहॉ पासपोर्टलाई माया गर्ने । मलाई पनि आजकाल पासपोर्टको अति माया लाग्छ ।

 

जहाँ पनि पासपोर्ट नै माग्छ । कुनै नयाँ काममा जाँद होस् या नयॉ कलेज भर्ना हुदॉ पासपोर्टकै महत्व रहेछ । खासमा आजकल बुबा नि  पनि त्यति सारो चासो राख्नुहुन्न रे मेरो क्लियर ब्यागको ।


थप समाचार

बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

  • 2 hours ago
बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

जसमध्ये बाल समुहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया रिया गिरी बाल नक्षेत्र घोषणा भइन् भने युवा समुहबाट सर्वोत्कृष्ट बनेर सब्रिना चोंगवांग युवा नक्षेत्र बनिन् ।

प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

  • 4 hours ago
प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

सन्दर्भ प्रतिभा नक्षेत्रमा मात्र सिमित छैन । बेलायतका अधिकांश नेपाली संघसंस्थाले गर्ने कार्यक्रमको हविगत यस्तै हुन्छ । अब यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

  • 8 hours ago
के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

नेतृत्वका तीनै जना आकांक्षी तदर्थ समितिमा अट्ने गरी निकास निकाल्ने पहल अध्यक्ष फगामीले गरिरहेका छन् । संयोजक पदका सबै आकांक्षीहरुलाई समान हैसियतमा राखेर तदर्थ समिति घोषणा गराउने उनको योजना छ ।


Loading...

भिडियो

प्रेम र यौन

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

एजेन्सी–वैवाहिक जीवन सुमधुर बनाउन शारीरिक सम्बन्धको अहम भुमिका रहन्छ । सम्बन्धलाई मजबुत बनाउन पनि शारीरिक सम्बन्ध जति आवश्यक छ त्यति नै आवश्यक स्वस्थ रहन पनि छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेद उपचार पद्धति भरपर्दो

आयुर्वेद उपचार पद्धति भरपर्दो

भद्रपुर । पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् ।

विचित्र विश्व

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।