IIMS College

ISMT

HUB Education

बेलायतमा नेपाली फिल्म पासवर्ड : सिनेवर्ल्डका १ दर्जन सिनेमामा चल्दै

  • आइतबार, १२ असोज, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । तीन साताअघि प्रदर्शनमा आएको नेपाली चलचित्र पासवर्ड अहिले बेलायतको ए ग्रेडको सिनेमा सिनेवर्ल्डमा प्रदर्शन भइरहेको छ । 

 

लण्डनका इनफिल्ड, वेम्बली, फेल्थाम, ईलफोर्ड, ओटु एरिनादेखि,  अल्डर्सट, आसफोर्डसहितका १ दर्जन सिनेवर्ल्ड  सिनेमामा शुक्रबारदेखि पासवर्ड चलिरहेको छ ।  

 

सिनेवर्ल्ड बेलायतको प्रतिष्ठित सिनेमा चेनहरुमध्येको एक प्रमुख हो । जहाँ यसअघि केहि नेपाली चलचित्रका एकाध विशेष शोहरु आयोजना गरिएको भएपनि सिनेमाकै तालिकामा परेर नियमित प्रदर्शन भएको भने पासवर्ड नै पहिलो नेपाली चलचित्र हो । 

 

'शुक्रबारदेखि हरेक दिन नियमित रुपमा प्रदर्शन भइरहेको छ । शनिबार र आइतबार त दिनको ४ शोसम्म पनि परेका छन्' , चलचित्रका एक प्रमुख कलाकार विक्रम जोशीले भने, 'अरु दिनमा पनि दिनको २, ३ सम्म शोहरु पाइरहेकै छ ।' 

 

आउँदो २ सातासम्म चलचित्रले सिनेवर्ल्डमा शोहरु पाइराख्ने अपेक्षा उनको छ । 'बेलायतको ए ग्रेड सिनेमामा पहिलोपटक चलिरहेको नेपाली चलचित्र बेलायतबासी सम्पुर्ण नेपालीहरुले गएर हेर्नुहुनेछ र हौसला दिनुहुनेछ भन्ने मलाई आशा छ', जोशीले भने । 

 

पासवर्डको यो प्रदर्शनीले भविष्यमा अरु नेपाली चलचित्रलाई पनि अवसरको ढोका खोलिदिने काम गरेको उनी बताउँछन् । 

 

शुक्रबारदेखि नै यो चलचित्र इण्डिया, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई लगायतका देशमा पनि स्थानीय सिनेमामा प्रदर्शन गराइएको छ । 

 

सम्राट बस्नेतको निर्देशन रहेको पासवर्डका निर्माता हिरल जोशी र अमित बस्नेत हुन् । चलचित्रमा विक्रम जोशी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, लिसा सुनार, सनमकुमार वैराग लगायतकाको अभिनय छ । बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स समेत चलचित्रमा हेर्न सकिन्छ । 

 

 


थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 4 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 4 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 5 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।