अझै पनि यस्ता पासवोर्ड त राख्नु भएको छैन नि ?

एजेन्सी । इन्टरनेटमा बढ्दो ह्याकिङका कारण सबैले विचार पुर्‍याएरमात्र पासवर्ड हाल्ने गर्छन् ।सुरक्षा चुनौती र गोपनियता भंग हुने डरले शक्तिशाली पासवर्ड हाल्ने चलन छ । तर एक शोधका अनुसार मानिसहरुले एकैप्रकारका पासवर्ड राख्ने गरेका छन् ।

 

सन् २०१६ मा सबैभन्दा बढी पासवर्ड छ वटा अंक रहेको शोधमा उल्लेख छ । रिपोर्टका अनुसार अधिकांश मानिसले १२३४५६ नै पासवर्डको रुपमा राख्ने गरेका छन् । जुन ६ क्यारेक्टरभन्दा नि कम हुन्छ । जसलाई इन्टरनेटमा कमजोर पासवर्डको रुपमा लिइन्छ । यस्ता पासवर्डहरु ह्याक गर्न सजिलो हुनेगरेको रिपोर्टमा उल्लेख छ ।

 

शोधकर्ताहरुले एक करोडभन्दा बढी सेक्युरिटी कोड्स समीक्षा गर्दा यस्तो तथ्य फेला परेको हो । १२३४५६७८९ वा त्रधभचतथ किहरु सजिलै टाइप हुने भएकाले मानिसहरु यस्ता पासवर्ड राख्ने गर्छन् । तर सजिलै टाइप हुने यस्ता किहरु सुरक्षाको दृष्टिकोणमा सबैभन्दा कमजोर पासवर्ड हुने गरेको रिपोर्टमा उल्लेख छ ।

 

समीक्षामा भेटिएका अधिकांश पासवर्ड अंकमा रहेको रिपोर्टमा उल्लेख छ । जुन १२३४५६७८, ११११११, १२३४५६७८९०, १२३४५६७, पासवर्ड, १२३१२३, ९८७६५४३२१ जस्ता थिए ।

 

अमेरिकाको पासवर्ड म्यानजमेन्ट कम्पनीका अनुसार १७ प्रतिशत मानिसले १२३४५६ पासवर्ड राख्ने गर्छन् । त्यसैले अपरेटर्सले आफ्ना प्रयोगकर्ताका लागि शक्तिशाली पासवर्ड राख्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने विज्ञहरुको भनाइ छ । जबमात्र इन्टरनेटमा बढ्दो अपराधलाई नियन्त्रण गर्न सकिन्छ ।


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 1 hour ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 1 hour ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 1 hour ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।