Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलम्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेससँग अंक बाँड्यो

म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेससँग अंक बाँड्यो


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ । गएराति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग २ २ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इतिहाड स्टेडियममा अग्रता जोगाउन नसक्दा सिटीले अंक बाँड्नुपर्यो । सिटीका लागि खेलको २४ औं मिनेटमा ज्याक ग्रिलिसले र ५४ औं मिनेटमा रिको लेविसले गोल गर्दै अग्रता बनाएका थिए ।

तर, ७६ औं मिनेटमा जिन फिलिपे मटेटाले र खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत माइकल ओलिसेले गोल गर्दै क्रिस्टल प्यालेसलाई हारबाट जोगाए । बराबरीसँगै सिटी १७ खेलबाट ३४ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । यता, प्यालेस १७ अंकका साथ १५ औं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५

रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया…

काठमाडौँ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा

मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । ओमानको अल अमरेत

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियाविरुद्ध खेल्दै

काठमाडौँ । एसीसी प्रिमियर कपमा आज नेपाली क्रिकेट टिमले मलेसियाविरुद्ध खेल्दैछ । साविक विजेता नेपालले आज मलेसियाविरुद्ध खेल्दै एसीसी प्रिमियर

बैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै

काठमाडौँ । आगामी बैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद

स्वास्थ्य जीवनशैलीका लागि नियमित व्यायाम गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । मंगलबार आयोजित

Techie IT