IIMS College

ISMT

HUB Education

पशुपतिनाथ मन्दिरबारे यी कुराहरुलाई तपाईलाई थाहा नहुनसक्छ !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडाैँ । हिन्दूहरूको आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ ऐतिहासिक एवम् धार्मिक दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो । यो मन्दिरलाई विश्वमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक मानिन्छ ।

 

नेपालको पशुपतिनाथलाई शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, गाणपत, नाथ, शिख लगायतका सम्प्रदायका भक्तजनहरू समान आस्थाका साथ सम्झिने गर्दछन् । जन्मदेखि मृत्युसम्मका सबै संस्कार सम्पन्न गरिने पशुपति क्षेत्रका सम्बन्धमा केही रोचक तथ्यहरू रहेका छन् । जुन यसप्रकार छः–

 

– पशुपतिनाथ मन्दिरमा केवल हिन्दू धर्मावलम्बीहरू मात्रै प्रवेश गर्न पाउँछन् । पवित्र तीर्थस्थलको रुपमा रहेको कारण यहाँ गैरहिन्दूहरूलाई प्रवेश निषेध गरिएको छ । जतिसुकै शक्तिशाली र महत्वपूर्ण व्यक्तिहरू किन नहुन्, यदि उनीहरू गैरहिन्दू सम्प्रदायका छन् भने उनीहरूलाई पशुपतिमा प्रवेश दिइदैँन । एक समय भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी आफ्नी पत्नी सोनिया गान्धीको साथ पशुपति दर्शनका लागि आएका थिए । तर पशुपति दर्शनका लागि राजीव गान्धीलाई मात्रै अनुमति दिइयो । सोनियालाई बाहिरै रोकियो । किनकी सोनिया हिन्दू थिइनन् ।

 

– पशुपतिनाथ क्षेत्रमा स्थापना गरिएको एउटा प्रतीक्षालय ‘ब्युटीफुल’ नामले परिचित छ । गैरहिन्दूहरूलाई मन्दिर प्रवेशमा रोक लगाइएपछि विभिन्न राष्ट्रबाट आएका पर्यटकहरूको लागि पशुपति मन्दिरको ठीक अगाडी एउटा प्रतीक्षालय बनाइयो । यस प्रतीक्षालयमा बसेर पर्यटकहरूले साँझको आरती गर्दा बलेका दियोले झिलिमिलि देखेर ‘ब्युटीफुल’ भन्दै तारिफ गरेपछि यो प्रतीक्षालयको नाम नै ‘ब्युटिफुल’ रहन गएको हो ।

 

– पशुपतिनाथमा शदियौंदेखि भारतीय पूजारीहरूले नै पूजा गर्दै आएका छन् । तत्कालीन नेकपा (माओवादी)का तर्फबाट पहिलोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सो व्यवस्था हटाई नेपाली पूजारी नियुक्त गर्दा नेपालीहरू नै त्यसको विरोधमा उत्रिएका थिए । किनकी भारतीय पूजारीले पशुपतिनाथको पूजा गर्ने प्रचलन संस्कार भइसकेको छ । 

 

– पशुपतिनाथका मूल पूजारीको मासिक तलब कति हुन्छ होला ? पक्कै पनि हाम्रो अनुमान केही हजार रकमभन्दा माथि नजाला । तर पशुपतिका मूल पूजारीको मासिक तलब लाखौंमा हुन्छ । मूल पुजारीको मासिक तलब सवा दुई लाखभन्दा धेरै रहेको छ भने तिनका सहायक पुजारकिो मासिक तलब नै ६० हजारभन्दा माथि तोकिएको छ ।

 

– पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न चाहने भक्तजनहरूको लागि मन्दिर व्यवस्थापनले विभिन्न दररेट तोकेको छ । पशुपतिमा सबैभन्दा कम ११ सयदेखि बढीमा २५ लाखसम्म खर्चेर विशेष पूजा गर्न सकिने प्रावधान छ । त्यसरी भक्तजनहरूबाट जम्मा भएको रकमको केही प्रतिशत पूजारीहरूलाई कमिशनको रुपमा समेत दिइन्छ ।

 

– पशुपतिनाथमा दुई तरिकाबाट पूजा अर्चना हुने गर्दछ । त्यसमध्ये एक वैदिक पद्दति र अर्को तान्त्रिक पद्दति हो । पशुपतिमा जुनसुकै पद्दतिबाट पूजा गरे पनि त्यसको कुनै पनि तस्वीर एवम् भिडियो निकाल्न भने पाइदैन ।

 

– पशुपतिनाथको चन्दनलाई भक्तजनहरूले उच्च आस्थाका साथ निधारमा लगाउने गर्दछन् । दैनिक हजारौंको संख्यामा आउने भक्तजनहरूले पूजाआजामा प्रयोग गर्ने चन्दन पनि भारतबाटै आयात हुने गर्दछ । उक्त चन्दन भारतको महाराष्ट्रबाट आयात गरिन्छ ।

 

– २०७२ बैशाखमा नेपालमा ७.८ रेक्टर स्केलको भूकम्पमा काठमाडौँ धेरै धनजनको क्षति भयो । हजारौं घरहरू भत्किए । तर पशुपतिनाथ मन्दिरमा भने भूकम्पको कुनै असर देखा परेन । बरू पशुपतिनाथ परिसर वरपरका साना मन्दिरहरूमा भने बढी क्षति पुग्यो । यसको पछाडी पशुपतिनाथ मन्दिरमा रहेको ‘दैविक–वैदिक–वास्तु शक्ति’लाई कारण मानिएको छ ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 1 hour ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 1 hour ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 2 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।