चुनाव जितेपछि पटाैली नाका फर्किएनन् जनप्रतिनिधि

Education Park

दाङ । दाङको सिमाक्षेत्र पटौलीनाकाका वासिन्दाले चुनाव जितेपछि कुनै जनप्रतिनिधि नआएको बताएका छन् । निर्वाचनको समयमा प्रचारका क्रममा पटौली नाका पुगेका उम्मेदवारहरु चुनाव जितेपछि एक पटक पनि देखा नपरेका बताएका हुन् ।

 

दुर्गम वस्तीका रुपमा रहेको पटौलीनाकाको विकास गर्न आवश्यक छ तर, अहिले कुनै जनप्रतिनिधि उक्त नाका पुगेका छैनन् । पटौलीनाका क्षेत्रको विकासका लागि ठूलै भाषण गरेका कुनै पनि जनप्रतिनिधिको सहभागिता नरहेपछि उनीहरू आक्रोशित बनेका छन् ।

 

उक्त क्षेत्रबाट चुनाव जितेका प्रतिनिधिसभा, प्रदेशसभा, गाउँपालिका तथा वडाका जनप्रतिनीधि कोही पनि नगएको अनमोल योगीले बताए । उक्त क्षेत्रमा राज्यको सहभागिताका नाममा उनीहरू आफै हुन् ।

 

 

सिमाको रक्षा र खबरदारीका लागि उनीहरू नै काफी छन् । ‘दाङको राजपुर गाउँपालिका–१, पटौलीनाकाको सिमा रक्षकका रुपमा हामीहरू नै हौँ’, स्थानीयले योगीले भने । जनप्रतिनीधि छैनन् भन्ने हो भने आफैले मत दिए, छन् भन्ने हो कोही पनि अहिले उक्त क्षेत्रको विकास गरौँ भनेर कत्यहाँ पुगेका छैनन् ।

 

पटौलीनाका पुग्न एउटा राम्रो सडक समेत छैन । विकासको पर्खाईमा रहेका उनीहरू चुनाव भएको दुई वर्षसम्म पनि कोही नआएको स्थानीयको भनाई छ । पटौलीनाकाको विकासको सपना देखेका उनीहरू जनप्रतिनिधि वस्ती बनेपछि समस्यामा परेका छन् ।

 

उनीहरुले पटौलीनाकामा सडक, विद्युत्, स्वास्थ्य, खानेपानी, शिक्षालगायत आधारभुत सुविधा पाउनुपर्ने बताएका छन् । सिमाक्षेत्रमा बस्दै आएका उनीहरुले सिमा रक्षा गरे पनि राज्यले उपेक्षा गरेको स्थानीय सन्देश घर्तीले बताए ।

 

दाङमा २२ वटा सिमानाका रहेका छन् । सिमा रक्षाका लागि राज्यका तर्फबाट प्रहरी चौकी स्थापना गरिएको भए पनि त्यो प्रयाप्त नरहेको स्थानीयको गुनासो छ । भारतीय सिमा सुरक्षा बल (एसएसबी) दलबलसहित सिमाक्षेत्रमा बस्दै आएको भए पनि नेपालीको तर्फबाट प्रहरी बस्दै आएका छन् ।

 

 


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 1 hour ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 2 hours ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 2 hours ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।