IIMS College

ISMT

HUB Education

पाथरखोलामा २० भेडा मरिसके, उपचार गर्न जनशक्ति छैन

  • बुधबार, १४ फागुन, २०७६
  • 1 month ago
  • नेपाल
फाइल फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

जुम्ला । हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले  मङ्गलबार  ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

 

“भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे। ” कृषक अधिकारीले भने । अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणमा कुनै पहल भएको छैन । 

 

“जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २० मरिसके । अझ कति मर्ने हुन् । रोग फैलिएको छ ।” उनले भने ।  बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन । शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भएपनि सो  गाउँपालिकामा कर्मचारी नहुँदा बीमा नभएको जनाइएको छ । 

 

सो गाउँपालिका पशु शाखाका संयोजक नरसिंह थापाले आफूले भेडा मरेको जानकारी पाएको जानकारी दिनुभयो ।  उनले भने, “ औषधि दिएर पठाएका छौँ ।”  शाखामा सात जनाको कर्मचारी दरबन्दी रहेको छ ।  अहिले एकजना मात्र कार्यरत रहेका छन् । उनले भने “ एकजना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या छ । ” 

 

 गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी समायोजनका कारण दरबन्दीमा उथलपुथल भएको  जानकारी दिनुभयो । “पर्याप्त कर्मचारी छैनन्”, उनले भने, “भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ ।” 


थप समाचार

भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

  • 9 minutes ago
भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

चितवन । भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठ

कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

  • 14 minutes ago
कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

  • 22 minutes ago
डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयको आलोचना गरेका छन् । एक ट्वीट गर्दै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।