हिमाली जिल्ला रसुवामा ‘पाठेघर परीक्षण तालीम’

रसुवा । महिलाको पाठेघरमा हुने सक्ने समस्या समाधान गर्न रसुवा अस्पतालले हिमाली जिल्ला रसुवामा पहिलो पटक आफ्नो आन्तरिक जनशक्ति उत्पादन गरेको छ । रसुवा अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलका अनुसार यहाँ कार्यरत दुई जना अनमीलाई तालीम दिएर दक्ष बनाइ ३० देखि ६० वर्षभित्रका महिलाको पाठेघरसम्बन्धी परीक्षण र आइपरेका समस्या समाधानका लागि उपचार प्रकृयाका बारेमा परामर्श दिन थालेको हो । 

 

महिलाको पाठेघर उपचार सेवाअन्तर्गत ३६२ जनाको परीक्षण गर्दा ११ जनामा समस्या भेटिएकोले हुन सक्ने क्यान्सरबाट सुरक्षित सावधानीका लागि उपचारार्थ काठमाडौं जान यहाँका चिकित्शकले सुझाव दिएका छन् । जिल्लामा शुरू परीक्षण सेवालाई क्रमिक रूपमा शिविरको माध्यमबाट जिल्ला भर विस्तार गर्ने र थप उपचारार्थ काठमाडौं रिफर हुने महिलाको हकमा बाटो खर्चसमेत दिइने बताएको छ । 

 

यस्तै महिलामा हुने पाठेघर समस्या समाधानको साथै बालबालिकामा हुने विविध रोग निधानका लागि रसुवा अस्पतालका प्रमुख डा नितु झाले बताए । जटिल खाले बिरामीको उपचार साधन तथा स्रोतको अभावले काबुभन्दा बाहिर भए बाहिर पठाउने हो । स्थानीयस्तरको अस्पतालबाट अधिकतम सुविधा लिन सबै जिल्लावासी सामू आग्रह गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलले अस्पतालका कार्यरत चिकित्सकले अह्रोरात्र सेवा दिई रहेका र आफूले पनि अस्पताललाई थप व्यवस्थित बनाउने प्रयास गरिरहेको बताए । 

 

उपचारका लागि दैनिक सरदर अस्पतालको अन्तरङ्ग कक्षमा ७ देखि १० जना र वैरङ्ग कक्षमा ४० देखि ५० जना बिरामी आउने गरेका छन् । विसं २०४४ देखि १५ शै्याको बेडबाट स्थापना भएको रसुवा अस्पतालको संरचना विसं २०७२ को भूकम्पको क्षति भएको थियो । नेपाल रेडक्रसको सहयोगमा अस्पतालको पुनःनिर्माण भएपछि नियमित उपचार सेवा दिन सरल भएको डा प्रवल केसीले जानकारी दिए । 

 


थप समाचार

बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

  • 3 hours ago
बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले मे ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकी छिन् । निकै भावुक हुँदै उनले पदबाट राजीनामा दिने जानकारी गराएकी हुन् ।

महँगा अभिनेता अल्लु अर्जुन

  • 4 hours ago
महँगा अभिनेता अल्लु अर्जुन

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । बलिउडका कैयौँ सेलिबे्रटीहरुका फ्यानहरुभन्दा पनि उनको फ्याहरु धेरै रहेका छन् । उनको फिल्म सराइनादुले त युट्युबमा रेकर्ड नै बनाउन सफल भ

“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

  • 4 hours ago
“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

दमौली । केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नग



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।