जटिल बन्दै आङ खस्ने समस्याः यस्ता छन् लक्षणहरु

नेपालगञ्ज ।  बर्दिया सानोश्री की ३६ वर्षाया रामकली चौधरीको पाठेघर झिकिएपछि उनलाई पहिले जस्तो काम गर्न सहज छैन । “तल्लो पेट दुख्ने, सेतो पानी आउने र शरीर शिथिल हुने अवस्था भए पनि कसैलाई भनिन् । पछि थाहा भयो मेरो पाठेघर बिग्रिसकेको रहेछ ।” 

 

विशेषतः ग्रामीण भेगका महिला आफ्नो भित्री स्वास्थ्य अवस्था खतराको सङ्केतभन्दा माथि पुगेपछि बल्ल अरुलाई भन्ने गर्छन् । 

 

परिवारमा पुरुषको तुलनामा निर्णय तहमा पकड नहुँदा ग्रामीण क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेका छन् । महिलालाई अन्य स्वास्थ्य समस्याभन्दा प्रजनन स्वास्थ्य समस्याले अझ बढी गाँजेको पाइन्छ । 

 

प्रदेश ५, प्रदेश ७ र कर्णाली प्रदेशको हुम्ला, जुम्ला, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, रोल्पा, रुकुम दाङलगायत जिल्लाका सुदूर क्षेत्रमा बसोवास गर्ने महिलाले प्रजनन स्वास्थ्यमा भोग्दै आएका समस्यामध्ये आङ खस्ने समस्या सबैभन्दा बढी पाइने गरेको छ । 

 

“कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै बिहे गर्नु र असुरक्षितरुपमा सुत्केरी गराउने कारणले पनि महिलामा पाठेघर समस्या जटिल हुँदै गएको छ”, नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कल्पना थापा बताउँछन् । 

 

डा थापा भन्नुहुन्छ, “गाउँघरतिर छिटोछिटो बच्चा जन्माउनु, सुर्तीजन्य अम्मल प्रयोग गर्नु, पोषणयुक्त खानामा ध्यान नदिनु र महिलाप्रति परिवारको व्यवहार मैत्रीपूर्ण नहुनुका कारण पनि यो समस्या झागिँदै गएको छ ।” 

 

नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा पाठेघर जाँच गराउन आउनु भएकी चार सन्तानकी आमा रुकुमकी ३५ वर्षीया मनसरी बूढाको दुःखेसो छ, “काममा दिनभरि खटिनुपर्छ, समयमा खान पाइँदैन, मेलापात पनि गर्नुपर्छ, त्यसैले आफ्नो स्वास्थ्यको विषयमा ध्यान दिने समय नै हुँदैन ।” 

 

केही समयअघि यस भेगका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा पाठेघरको समस्या अधिक थियो ।

 

 “शिविर, स्वास्थ्यचौकी र अस्पतालमा उपचारका लागि आउने महिलामध्ये एक चौथाइ महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, शल्यक्रिया गर्नुबाहेक अन्य उपचार सम्भव हँुदैन”, प्रमुख जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काको अनुभव छ । 

 

विशेषतः ग्रामीण भेगका पछाडि पारिएका दलित, मधेशी, मुस्लिम र सीमान्तकृत समुदायका महिलामा यो समस्या बढी देखिएको छ । 

 

कम उमेरमा विवाह हुनु, घरमै बच्चा जन्माउनु, गर्भावस्थामा पोषिलो खानेकुरा खान नपाउनु, सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु र अत्यधिक कामको बोझमा परेका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । 

 

यो अवस्थामा सुधार ल्याउन सरकारले जिल्ला जिल्लामा महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत सुरक्षित मातृत्व, आमा सुरक्षा, पूर्व गर्भवती स्याहार, आइरन चक्की, पोषणयुक्त खाना वितरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

 

घरमा बच्चा जन्माउँदा पाठेघर खस्नेलगायतका जटिल स्वास्थ्य समस्या कम गर्न विशेषतः ग्रामीण भेगका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर (सुत्केरी गराउने केन्द्र) निर्माणको अभियान शुरु गरिएको छ ।

 

 

प्रमुख जनस्वास्थ्य प्रशासक खड्का भन्छन्, “पाठेघर खस्ने समस्यालाई समाधान गर्ने हो भने महिलाको स्वास्थ्य, शिक्षा तथा सामाजिक र आर्थिक सशक्तीकरणलाई स्वास्थ्य कार्यक्रमसँग जोड्नु नितान्त आवश्यक छ ।” 

 


थप समाचार

दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

  • 5 minutes ago
दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

एजेन्सी । बलिउड चलचित्रमा निकै रुचाइएकी अभिनेत्री हुन् दीपिका पादुकोण । ‘ओम शान्ति ओम’ फिल्ममा शाहरुखसँग पहिलो पटक बलिउडमा पाइला टेकेकी दीपिकाले ‘पद्मावती’ सम्म आइपुग्दा आफूलाई निकै उचाईमा पुर्याइसकेक

च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

  • 17 minutes ago
च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु

खेल्दाखेल्दै बार्सिलोनाका खेलाडीको घरमा चोरी

  • 17 minutes ago
खेल्दाखेल्दै बार्सिलोनाका खेलाडीको घरमा चोरी

एजेन्सी । खेल खेलिरहँदा बार्सिलोनाका एक खेलाडीको घरमा धनमालको चोरी भएको छ । शनिबार राति घरेलु मैदान क्याम्प नाउमा भालाडोलिडसँगको खेलमा मैदानमा उत्रेका फरवार्ड केभिन प्रिन्स बोइटेङको घरमा चोरी भएको हो



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।