बिरामीको चाप बढ्यो

नेपालगञ्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । 

 

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार स्थापनाको डेढ महिनाको अवधिमा ५२२ बिरामीको उपचार गरिएको छ । 

 

बाँकेको खजुरामा रहेको उक्त क्यान्सर अस्पताल सरकारीस्तरबाट सञ्चालित चितवनको भरतपुरपछिको दोस्रो हो । सो अस्पतालको गत असार नौ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । 

 

अस्पतालले बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवा उपलब्ध गराइरहेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको सो अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गरेको छ । 

 

अस्पताल निर्माणमा रु ३५ करोड खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । अस्पताल सञ्चालनमा आएपछि प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका बासिन्दालाई उपचार गर्न सहज भएको छ । 

 


थप समाचार

ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

  • 5 minutes ago
ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

सुन र चाँदीको मूल्य स्थिर

  • 38 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

  • 46 minutes ago
चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।