क्यान्सर अस्पतालमा बिरामीको चापमा वृद्धि

नेपालगञ्ज ।  बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । 

 

अस्पताल प्रमुख क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार सेवा प्रारम्भ गरेको डेढ महिनाको अवधिमा ५२२ जनाको उपचार भएको छ । 

 

सरकारीस्तरबाट राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । असार ९ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि अस्पताल सञ्चालनमा आएको हो । 

 

अस्पतालले हालका लागि बहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवामात्र दिन सकेको छ । 

 

दशैँअघिदेखि बिरामी भर्ना गरेर थप उपचार सेवा दिने अस्पतालको लक्ष्य छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्याबाट आफ्नो सेवा प्रारम्भ गरेको छ । 

 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ । 

 

यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका नागरिकलाई शुरुआती चरणको उपचार सेवा लिन भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता पनि टरेको छ । 

 


थप समाचार

नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

  • 59 minutes ago
नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

लण्डन । बेलायतमा कार्यरत एक नेपाली ईञ्जिनियर रामहरि पौडेलले नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिएका छन् ।

बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

  • 1 hour ago
बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

भारतका चर्चित आध्यात्मिक गुरु रवि शंकरले स्थापना गरेको 'आर्ट अफ लिभिङ' फाउण्डेसन नेपालका पूर्व महासचिव तुलसीप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरुलाई जीवनमा खुशी र आनन्दित कसरी बन्ने भन्ने विषयमा प्रव

एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

  • 5 hours ago
एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल, कानुनमन्त्री भानुभक्त ढकाल, नेकपा सांसद डा सुर्य पाठक, कांग्रेस सांसद गगन थापा, राष्ट्रियसभाका



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।