IIMS College

ISMT

HUB Education

पटना क्षेत्रबाट १० हजार बाढी पीडितको उद्धार

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पटना, भारत । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट दश हजारभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरिएको जनाएको छ ।

 

विहार प्रदेशको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको फौजका प्रमुख विजय सिंहले बुधबार जानकारी दिए । 

 

एएनआईसँगको कुराकानीमा उनले भने, “हाम्रो फौजले दश हजार जनालाई डुबान भएको ठाउँबाट बाहिर निकालेको छ, उनीहरूलाई राहत सामग्रीहरू पनि वितरण गरिएको छ ।” 

 

उनले उद्धार गरिएकाहरूलाई थप खाद्य पदार्थसहित अत्यावश्यक सामग्रीहरूको अभाव भएको पनि बताए । 

 

विगत केहीदिनदेखि यस क्षेत्रमा वर्षा भएको र बाढीबाट हजारौँ प्रभावित भएको समाचार आइरहेको थियो । 

 

सिंहले अझै पनि पानीको तह पूरै नहटेको बताए । उद्धार गरिएकाहरूलाई डुङ्गाबाट उद्धार गरिएको उनले जानकारी दिए । “पानी सकिएपछि ट्याक्टरको प्रयोग गर्ने योजना बनाएका छौँ,” उनले भने । 

 

भारतको विहारसहित केही प्रदेशहरूमा विगत केहीदिनदेखि आएको अत्यधिक वर्षाका कारण केहीको मृत्यु भएको छ भने हजारौँ विस्थापित र लाखौँ प्रभावित भएका छन् । 


थप समाचार

चन्द्रागिरिले विद्यार्थी र मजदूरलाई घर पु¥याइदिने

  • 4 minutes ago
चन्द्रागिरिले विद्यार्थी र मजदूरलाई घर पु¥याइदिने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घर नजिकको राजमार्गसम्म पु¥याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरुपमा फैलँदै गएका कोभिड–१९ को नेपालमा सम्भ

तीन दिनमा ८८ हजार सिलिण्डर ग्यास बिक्री

  • 11 minutes ago
तीन दिनमा ८८ हजार सिलिण्डर ग्यास बिक्री

काठमाडौँ । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ ।

कोरोनाको कारण दार्जिलिङकी एक महिलाको मृत्यु

  • 17 minutes ago
कोरोनाको कारण दार्जिलिङकी एक महिलाको मृत्यु

काठमाडौँ । भारतको दार्जिलिङमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालसँगै सिमाना जोडिएको दार्जिलिङमा आइतवार राति २ बजे एक महिलाको ज्यान गएको हो । कोरोनाबाट ज्यान गुमाउनेमा दार



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई थाहा रहेको छ ।