नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

  • बुधबार, ३ असोज, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । बेलायतमा कार्यरत एक नेपाली ईञ्जिनियर रामहरि पौडेलले नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिएका छन् । 

 

सेप्टेम्बर १६ आइतबार जर्मनीको बर्लिनमा आयोजित उक्त म्याराथनको कुल ४२ दशमलव २ किमीको दुरी पौड्यालले ५ घण्टा १५ मिनेटको समयमा सफलतापूर्वक पूरा गरे । 

 

क्यान्सर रिसर्च यूकेको सहयोगार्थ पौड्यालले बर्लिन म्याराथनमा भाग लिएका हुन् । 

 

गत वर्षको अप्रिलमा उनले पहिलोपटक पेरिस म्याराथन दौडिएका थिए । उक्त म्याराथनको तुलनामा यसपटक उनले २४ मिनेट छिटो कुल दूरी पार गर्दै आफ्नै रेकर्ड तोड्न पनि सफल भएका छन् । 

 

त्यसबाहेक बर्लिन म्याराथनमा पौड्यालले पूरा अवधि नेपालको झण्डा बोकेर दौडिएका थिए । त्यसक्रममा कतिपय दर्शकहरुले नेपालको झण्डाबारे जिज्ञासा राखेको र केहिले नेपाल भन्दै हुटिंग समेत गर्दा आफुले गौरवान्वित महसुस गरेको उनले सुनाए । 

 

पौड्यालले अर्को वर्ष लण्डन म्याराथन पनि दौडिदैछन् । 

 

विगत डेढ दशकदेखि बेलायतमा बस्दै आएका पौड्याल हाल यहांकोे स्वान्जी युनिभसिर्टिमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङमा पिएचडी अध्ययनरत छन् ।

 

साहित्यमा समेत रुची राख्ने पौड्यालले लेखेका २१ वटा कथाहरुकोे कथासंग्रह ब्रिटिश ओइदर गत महिना मात्रै प्रकाशित भएको थियो ।

 


थप समाचार

Greenwich University pupils raised funds for a children hospice

  • 57 minutes ago
Greenwich University pupils raised funds for a children hospice

A group of Students from Greenwich University in London has raised funds for a children hospice in south east London.

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 3 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 9 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।