IIMS College

ISMT

HUB Education

प्रशिक्षकले खेलाडीमा घमण्डको पारो चढेको बताएपछि ड्रेसिङ रुममा पोग्बाको आँखा रसाए

  • शुक्रबार, १३ बैशाख, २०७६
  • 7 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा यतिखेर क्लब छोड्ने अवस्थामा छन् । एजेन्ट मिनो राइओलाले गत हप्ता पोग्वाको सम्झौता नविकरणको लागि क्लबसँग बस्न लागेको बैठक नै रद्द गरेपछि उनी पुनः म्यान्चेस्टर युनाइटेड छोड्ने अवस्थामा पुगेका हुन् । 

 

म्यान्चेस्टर डर्बीमा घरेलु प्रतिद्धन्द्धी म्यान्चेस्टर सिटीसँग २–० गोलले हारेपछि प्रशिक्षक ओले गुनार सुल्सेयरले खेलाडीहरुप्रति तिखो आलोचना गरेका थिए । उनले पूर्व प्रशिक्षक जोसे मउरिन्होको कुरामा सहमति जनाउँदै खेलाडीहरुमा घमण्डको पारो चढेको बताएका थिए । 

 

 

त्यसपछि बिहीबार क्लबको ड्रेसिङ रुममा रहेका खेलाडीहरुलाई पोग्बाले क्लब सन् २०१२ देखि आरोलो लागेको बताएका थिए । हालका प्रशिक्षक सुल्सेयरले पनि क्लबलाई उँभो लगाउन नसक्ने भन्दै पोग्बाले टिममा डिभिजन आएकोले यो क्लबको लागि निकै खतरनाक कुरा रहेको बताएका थिए । यी कुरा भनिरहँदा पोग्बाको आँखा रसाएका थिए । 

 

म्यान्चेस्टर युनाइटेडका युवा खेलाडी समेत रहेका पोग्बा सन् २०१२ मा क्लब छोडेर इटालियन क्लब युभेन्ट्स पुगेका थिए । त्यसपछि उनलाई क्लबले सन् २०१६ मा पुनः ल्याएको थियो । 

 

पोग्बालाई रियल मड्रिडले भित्र्याउने कोशिस गरिरहेको समाचारहरु प्रकाशित भइरहेका छन् ।

 

 


थप समाचार

ग्रीनवीचका भलिबल खेलाडी संगठित

  • 9 hours ago
ग्रीनवीचका भलिबल खेलाडी संगठित

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

  • 9 hours ago
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

  • 10 hours ago
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।