पेले र म्याराडोनाको अजबगजबको सम्बन्धः यस्तो थियो फुटबल यात्रा

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 10 months ago
  • खेल

जब विश्व फुटबल जगतमा अर्जेन्टिनाका स्टार खेलाडी म्यारोडोनाको उदय भयो तब फुटबल फ्यानहरुले ब्राजिलियन स्टार पेलेसँग उनको तुलना गर्न थाले ।

 

यसका कारण विश्वभरका फ्यानहरुको विचार बाडियो । कतिले म्यारोडोना हालसम्मकै उत्कृष्ट खेलाडी भने, कतिले पेले जस्तो खेलाडी हालसम्म कोही नभएको तर्क पेश गर्न थाले । उनीहरुलाई लिएर आलोचकहरु, फ्यानहरु आ–आफ्ना तर्कहरु दिने गर्थे ।

 

हाल लियोनल मेस्सी र रोनाल्डोमा को सर्वोकृष्ट खेलाडी भन्ने विषयले चर्चा पाइरहेको छ कि त्यस्तै सन् १९७० को दशक पछि यस्तै विवाद चलेको हालसम्म पनि चलिरहेको छ । 

 

पेले 

पेलेको पुरा नामः इडशन एरान्टेस डो नासिमेन्टो 

जन्मः सन् १९४० अक्टोबर २३ 

उचाइः १.७४ मिटर रहेको छ । 

व्यावसायिक फुटबलः सन् १९५६ देखी १९७७ 

उनले सन् १९५८, १९६२ र १९७० मा भएका विश्वकप फुटबल उपाधि जित्न सफल रहे । उनले ब्राजिलियन सान्टोस, न्युर्योक र ब्राजिलबाट व्यावसायिक फुटबल खेल खेले । 

 

पेलेका उत्कृष्ट क्षमताः 

फुटबल जगतमा ऐतिहासिक नाम कमाउन सफल पेलेलाई फिनिसङ मास्टरको नामले पनि चिनिन्छ । उनको फुटबल ट्याक्टिसबारे ज्ञान र खेलमा स्टाइकरमा हुनुपर्ने गुणका कारण उनले फुटबल करिअर सुरु गरेको सानो समयमा नै सफलता पाउन सके । उनले फुटबल खेल्दा दुवै खुट्टाको प्रयोग गर्थे । उनले दौडन सक्ने क्षमता र बललाई नियन्त्रणमा राख्न सक्ने खुबीको खुब तारिफ हुने गथ्र्यो । फुटबल करिअरमा पेले सधै उच्च लेभलमा रहे । उनको फुटबल करिअर पनि कहिल्यै आरोलो लागेन । 

 

म्याराडोना

पुरा नामः डियोगो अमान्डो म्याराडोना

जन्ममितिः अक्टोबर ३०, १९६०

उचाइः ५ फिट ५ इन्च

करिअर स्पानः १९७०–१९९४

विश्वकप उपाधिः १९८६

टिमः बोका जुनियर्स, बार्सिलोना, नेपोली र अर्जेन्टिना

 

म्यारोडोनाका उत्कष्ट क्षमता

 

म्यारोडोनालाई फुटबल ड्रिबलिङमा कसैले पनि जित्न नसक्ने त्यस समयका फुटबल पण्डितहरुको दाबी रहेको थियो । देब्रे खुट्टाको बढी प्रयोग गर्ने म्यारोडोनाको चर्चा तब भयो जब उनले सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउन सफल भए । क्लबबाट खेलेर पनि उत्तिकै चर्चामा रहेका म्यारोडोनाले इटालियन लिग तथा युरोपा कपमा सानदार खेल प्रदर्शन गरेका थिए । म्यारोडोनाको अर्को उत्कृष्ट क्षमता भनेको उनी फ्रिक हान्न माहिर थिए । गोल हुन नसक्ने मानिएका स्थानहरुबाट समेत गोल गर्ने क्षमता उनमा रहेको थियो । यसैका कारण पनि उनको फुटबल हेर्न फ्यानहरु मरिहत्ते गर्थे । 

 

पेले र म्यारोडोनाको अफिसियल करिअर स्टाटिसटिक्स

 

पेले भन्छन्,‘मैले मेरो फुटबल करिअरमा १३६३ खेल खेले जसमा १२८१ गोल गर्न सफल भए ।’ तर, उनको दाबीमा भने केही अस्पष्टता रहेको छ । त्यस्तै म्यारोडोनाको पनि उस्तै समस्या रहेको छ । 

 

पेलेले सान्तोस र न्युर्योक क्लब र राष्ट्रिय टिम ब्राजिल गरेर ६६९ आधिकारीक खेल खेले । उनले ती खेलहरुमा ६२६ गोल गर्न सफल भए । उनको खेल अनुसार गोल अनुपात ०.९६ जुन अर्जेन्टिनाक लिजेण्डभन्दा धेरै राम्रो उपलब्धि हो । म्याराडोनाले सबै गरेर ४९२ वटा आधिकारीक खेल खेले । तीनवटा फरक क्लबबाट खेल खेलेका उनले  २५८ गोल गरेका थिए । उनको खेल अनुसार गोल अनुपात ०.५२ रहेको छ । 

 

पेलेले ब्राजिल र अमेरिकामा रहेर फुटबल खेले । तर, उनले खेलेका लिगलाई युरोपियन क्लबसँग तुलाना गर्ने हो भने त्यति प्रतिस्पर्धात्मक मानिदैन । 

युरोपियन प्रतिस्पर्धामा पेलेको तुलानामा कम गोल गरेका म्याराडोनाको गोल संख्यालाई लिएर विवाद समेत हुने गथ्र्यो  र अझै पनि हुने गरेको छ । ब्राजिलबाट उनले ९२ खेल खेलेका थिए जसमा उनले ७७ गोल गर्न सफल भए । १२ गोल उनले विश्वकपमा गरेका थिए । म्यारोडोनाले राष्ट्रिय टोलीबाट ९१ खेल खेले जसमा उनले ३४ गोल गर्न सफल भए । उनले विश्वकपमा ८ गोल गरेका थिए । 

 

तर, गोलका आधारमामात्र को सर्वोत्कृष्ट खेलाडी भन्न नमिल्ने धेरै फुटबल पण्डितहरुको भनाइ रहेको छ । 

 

जब पेले र म्याराडोनाले पाएका उपाधिहरुको विषय चल्छ तब व्यक्तिगत अवार्ड तथा उपाधिहरु कसको कति भन्ने चर्चा चल्छ । 

 

हरेक खेलाडीको सपना हुन्छ राष्ट्रिय टोलीबाट फुटबल खेलिसकेपछि देशलाई विश्वकप जिताउने । यी दुवै खेलाडीले उक्त सपना साकार पार्न सफल भए । तुलानात्मक हिसाबले हेर्ने हो भने पेलेले ३ वटा फिफा विश्वकप जित्न सफल भएका छन् । म्याराडोनाले एकपटकमात्र विश्वकप जित्न सफल भए । दुवै खेलाडीले फिफा वल्र्डकप गोल्डेन बल प्राप्त गरेका छन् । 

 

म्याराडोनाले दुईवटा घरेलु लिग उपाधि जित्न सफल भएका छन् भने पेलेले १० वटा घरेलु लिग उपाधि जित्न सफल भएका छन् । 

 

म्याराडोनाले दुईवटा घरेलु कप उपाधि जित्न सफल भएका छन् भने पेलेले दुईवटा कोपा लिभर्टाडोर्स कप जित्न सफल भएका छन् । 

 

दुवै खेलाडीले ‘फिफा प्लेयर अफ दी सेन्चुरी अवार्ड’ पाएका छन् । 

 

पेले आफ्नो जीवनकालका धेरै खेल ब्राजिलबाट खेले । सान्टोस क्लबलाई १० वटा लिग जिताएपछि उनी न्युयोर्क एमएलसमा खेल्न गएका थिए ।

 

म्यारोडोनाले सन् १९८६ मा सबैलाई आकर्षित गर्ने खेल प्रदर्शन गरे  । उनको जीवन कालका दुई सर्वोत्कृष्ट गोल गर्न उनी सफल रहे । खेल मैदानको मध्यभागबाट धेरै खेलाडीहरुलाई छलाउँदै गरेको सानदार गोलको चर्चा आज पनि उत्तिकै हुने गरेको छ । उक्त गोललाई फिफाले ‘गोल अफ दि सेन्चुरी’ को रुपमा लियो । यस्तै गोल उनले बेल्जियम विरुद्धको खेलमा पनि गरेका थिए । त्यस्तै सन् १९८६ कै विश्वकपमा म्याराडोनाले हातले गोल गरे । धेरै पटक रिप्लेमा हेरेपछिमात्र ह्याण्डबल थाहा भएको थियो । उक्त गोललाई ‘भगवानको हात’ भनिएको थियो । उनले केही सिजन बार्सिलोनाबाट पनि खेल खेले । त्यसपश्चात उनी इटालियन क्लब नेपोली गएका थिए । नेपोलीलाई लिग उपाधि जिताउन उनी सफल रहे । त्यस्तै क्लबलाई युइफए कप पनि जिताउन सफल भए । 

 

म्याराडोनाले इटालियन र स्पेनिस जस्ता प्रतिस्पर्धात्मक क्लबबाट खेल खेलेका कारण पनि उनको फुटबल क्षेत्रमा ठुलो प्रभाव देखियो । पेलेले भने आफ्नो जीवनकालमा ब्राजिलियन क्लब र अन्तिममा केही सिजन अमेरिकी क्लबमा रहेर बिताए । 

 

एकजनाले तर्क गर्नसक्छ ब्राजिलले पेलेबिना सन् १९५८ र १९७० को विश्वकप जित्न सफल रह्यो । तर, म्याराडोनाले सन् १९८६ को विश्वकप जिताउन सफल भए जसमा उनी बाहेक अर्को विकल्प देखिएन । 

 

विभिन्न बेला को खेलाडी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी भन्नेमा यी दुवै खेलाडीहरुबीच पनि विवाद रहेको  छ । उनीहरु एकअर्कालाई कटाक्ष गर्ने, तिखो व्यंग गर्ने समेत गरेका छन् । एकअर्कालाई लक्षित गर्दै विवादास्पद बयान दिने समेत पेले र म्याराडोना माहिर रहेका छन् । 

 

उनीहरुको बीचको यो सम्बन्ध अझै पनि उस्तै रहेको छ । 

 

खेलाडी जीवनकालमा त्यति विवादित बयान नदिए पनि खेल जीवनको अन्त्यतिर यी खेलाडीहरु एकअर्कालाई होच्चाएर बोल्न थालेका थिए । 

 


थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 3 hours ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 3 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 3 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।