पेन्टागनले आप्रवासी बालबालिकाको लागि बासस्थान बनाइदिने
- शुक्रबार, ८ आषाढ, २०७५
- 1 year ago
- अन्तर्राष्ट्रिय




वासिङटन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आप्रवासी बालबालिकाको लागि करिब २० हजार विछ्यौनासहितको बासस्थान निर्माण गर्ने भएको छ ।
सो कुराको जानकारी अमेरिकी सेनाका प्रवक्ताले बिहीबार दिएका छन् ।
अमेरिकी स्वास्थ्य तथा मानवीय सेवा विभागको अनुरोधमा आप्रवासी बालबालिकाको लागि २० हजार अस्थायी विछ्यौनासहितको वासस्थानको व्यवस्था गर्न लागिएको पेन्टागनका प्रवक्ता ज्यामिन डेभिस्ले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिप्रति केही लचिलो भएर आप्रवासी नागरिकका बालबालिकालाई पनि सँगै बस्न दिइने नीतिमा सहमति जनाएलगत्तै यो समाचार आएको छ ।
अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो ।
राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रियरूपमा व्यापक मात्रामा आलोचना भएको थियो ।
अमेरिकाजस्तो देशले पनि आफ्ना आमावावुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उहाँको व्यापक मात्रामा विरोध भइरहेकै बेला उहाँले उक्त निर्णयलाई उल्टाएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमति दिने आदेश दिएपछि यस नयाँ नीतिसँगै पेन्टागनको पनि यो निर्णय आएको छ ।
थप समाचार
साडी लगाउँदा कस्ती देखिन्छिन् अभिनेत्री प्रियंका कार्की ?
- 6 minutes ago

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । उनको जन्म सन् १९८७, फ्रेबुअरी २७ काठमाडौँमा भएको थियो । उनको मातापितको नाम भुपेन्द्र र रक्षा कार्की हो ।
काठमाडौँको एक घरबाट दिउँसै साढे १४ लाख बराबरको चोरी
- 9 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३, कालिमाटीस्थित एक घरबाट दिउँसै साढे १४ लाख बराबरको चोरी भएको छ ।
'अहिले कसैको आलोचना र टिप्पणीमा समय खर्च गर्ने पक्षमा म छैन'
- 21 minutes ago

नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।
विचित्र विश्व
यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

एजेन्सी । विश्वमा अनौठा घटनाहरु घटिरहन्छन् । त्यस्ता घटनाले मानिसलाई अचम्मित बनाउँछन् । यस्तै एक रहस्यमयी घटना चेक रिपब्लिक देशको ‘होउस्का क्यासल’मा पनि घटेको थियो ।