हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तथा अर्थमन्त्री अधिकारीको संयुक्त श्रद्धान्जली सभा पेरिसमा सम्पन्न

पेरिस, फ्रान्स । प्रवासी नेपाली एकता मञ्च फ्रान्सले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तथा पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीको संयुक्त रुपमा श्रद्धा सुमन अर्पण गरेको छ । मञ्चले १० मार्चको दिन पेरिसमा एक श्रद्धान्जली सभा सम्पन्न गरेको हो।

 

हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुनु हुने सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी लगायत उक्त दुर्घटनामा परी ज्यान गुमाएका सबै ब्यक्तिहरु र पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरत मोहन अधिकारीको संयुक्त रुपमा श्रद्धा सुमन अर्पण गरी श्रद्धान्जली सभा सम्पन्न गरिएको हो। यो कार्यक्रम मञ्चका संयोजक भक्त वाग्लेको संयोजकत्वमा भएको थियो भने कार्यक्रमको उद्घोषण तथा सञ्चालन हरि सापकोटाले गरेका थिए । कार्यक्रममा एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल, नेपाली राजदुतावास फ्रान्सको तर्फबाट कार्यबहाक राजदुत लगायत पेरिस स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा व्यक्तित्वहरुले उपस्थिति जनाइ शोक मन्तव्य राखेका थिए।

 

कार्यक्रममा अतिथिको रुपमा उपस्थित एनआरएनए लगायत विभिन्न संघ संगठनका बक्ताहरुले पुरानो पुस्ताका स्थापित नेताहरु मध्येका अगुवा नेता भरतमोहन अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनमा समन्वयकारी नेताको छवि बनाउन सफल नेपालको कम्युनिष्ट आन्दोलनले जिउदो इतिहास गुमाउन परेको बताए । यस्तै १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रबिन्द्र अधिकारी र अगुवा नेता भरतमोहन अधिकारीको निधनले संगठन र संघर्ष दुबैवाट खारिएको अत्यन्त जुझारु नेतृत्व गुमाएको बताएका थिए। उनले मुलुकको हवाई र पर्यटन क्षेत्रको बिकासमा उनको योगदान स्मरण गर्दै मन्त्री अधिकारीको निधनले मुलुकले एउटा राम्रो सम्भावना भएको नेतृत्व गुमाएको बताए । बक्ताहरुले शोक मन्तब्य मार्फत दिबंगत आत्माको चिर सान्तिको कामना गरेका थिए ।


थप समाचार

महिनावारीका बेला पेट दुखेमा...

  • 31 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 48 minutes ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

  • 48 minutes ago
भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेको आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।